इटहरी । शैक्षिक तथा अतिरिक्त क्रियाकलापका कारण मुलुकमै नाम कमाएको कोशी प्रदेशको इटहरीमा रहेको विश्व आर्दश कलेजले नव आगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ ।
विगतका वर्ष झै यस वर्ष पनि कलेजमा अध्ययनका लागि आउने विद्यार्थीलाई स्वागत सहित कलेजका विषयमा अभिमुखिकरण गरिएको हो ।
विश्वआर्दश कलेजका अध्यक्ष लेखनाथ घिमीरेको अध्यक्षतामा भएको स्वागत तथा अभिमुखिकरण कार्यक्रममा विविए र विसिएमा अध्ययनका लागि आउने विद्यार्थीलाई स्वागत सहित कलेज, शैक्षिक विषय साथै विद्यार्थीलाई प्रेरणादायिक विषयमा अभिमुखिकरण गरियो ।
एक सय ३५जना नयाँ विद्यार्थीको उस्थिती रहेको स्वागत तथा अभिमुखिकरण कार्यक्रममा सुरज अग्रवालले उत्प्रेरणादायी विषयमा सहजिकरण गरेका थिए । विश्व आर्दश कलेजका विद्यार्थीले हासिल गर्ने नतिजा साथै अतिरिक्त क्रियाकलाप अन्तरगत खेलकुद , गायन लगायतमा समेत हासिल गर्ने सफलताका कारण अभिभावक तथा विद्यार्थीको आकर्षण हरेक वर्ष वढी रहेको कलेजका प्रिन्सिपल गणेश कुमार दुलालले वताए । 

यस वर्षका विभिन्न तहको नजितामा समेत विश्व आर्दशका विद्यार्थीहरुले उत्कृष्ट नम्बर ल्याएको सो अवसरमा जानकारी गराइयो। विसिए को आठौं सेमेस्टरमा विश्व आर्दशकी छात्रा इश्वरी राउतले छात्रा तर्फ नेपाल प्रथम र कोशी प्रदेशमा प्रथम गरेको , त्यसैगरी सोही परिक्षामा रोशन बस्नेत नेपाल तेस्रो भएको ,६औं सेमेस्टरमा प्रसुन गौतमले नेपाल दोस्रो र कोशी प्रदेशमा पहिलो भएको साथै पहिलो सेमेस्टरमा विपीन रिजालले नेपाल पहिलो गरेको वताइयो । 
स्वागत तथा अभिमुखिकरण कार्यक्रममा विद्यार्थी सांस्कृतिक प्रस्तुतिहरु समेत प्रस्तुत गरेका थिए । विश्व आर्दश कलेजले अध्ययनका लागि आउने विद्यार्थीलाई स्वागत सहित हरेक वर्ष अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।




















