झापा । इटहरी मदिरा व्यवसायी संघले आफनो ८औं वार्षिक साधारण सभाकोे अवसर पारेर दुई जना व्यवसायीहरुलाई सम्मान गरेको छ ।
संघको वार्षिक साधारण सभाको अवसर पारेर व्यवसायी डम्वर गजमेर र रमेश श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथी नेपाल मदिरा व्यवसायी महासघका अध्यक्ष सोनाम शेर्पाले सम्मान गरे ।
मोरगंको बेलबारीमा रहेको रमिते डाँडामा वनभोज सहित वार्षिक साधारण सभा आयोजना गरिएको हो । सो साधारण सभालाई सम्वोधन गर्दै प्रमुख अतिथी शेर्पाले पछिल्ला केही वर्ष देखि मदिरा व्यवसायी विभिन्न कारणले गर्दा खस्कदै आइरहेको वताए ।
इटहरी मदिरा व्यवसायी संघका अध्यक्ष राजेन्द्रकुमार राईको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष राईलाई वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । वन भोज सहितको साधारण सभामा पुरस्कार सहित विभिन्न रमाइलो खेलकुद तथा प्रतियोगिताहरु आयोजना गरिएको थियो ।
कार्यक्रममा नेपाल मदिरा व्यवसायी महासंघ उपाध्यक्ष अंशु बञ्जरा , कोशी प्रदेश अध्यक्ष नविन तामागं , उद्योग वाणिज्य संघ इटहरी अध्यक्ष जिवन पराजुली, इटहरी वितरक संघका राजेश खनाल लगायतको आतिथ्य रहेको थियो ।




















