इटहरी । औधोगिक उत्पादकत्व उद्योगमा कार्यरत जनशक्तीको स्वास्थ्य सुरक्षामा भर पर्ने सुनसरीको इटहरीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन ।

    उद्योग संगठन मोरगंको आयोजना तथा युवा उद्यमी मञ्च सुनसरीको सहआयोजनामा इटहरीको सेन्टरप्लाजामा भएको औधोगिक स्वास्थ्य सुरक्षा विषयक सम्मेलनका सहभागीहरुले कामदार तथा व्यवस्थापनको स्वास्थ्य सुरक्षा उद्योगको उत्पादकत्वसंग जोडिनेमा वताएका हुन ।

    कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री कार्कीले औधोगिक क्षेत्रका कामदार तथा व्यवस्थापनको स्वास्थ्य सुरक्षाले उद्योगमा महत्वपुर्ण भुमिका हुने वताउदै त्यसका लागि आगामी दिनमा कदम चालिने समेत वताए ।  

कार्यक्रमका विषयमा सहआयोजक युवा उद्यमी मञ्च सुनसरीका अध्यक्ष सिद्धार्थ श्रेष्ठले जानकारी गराएका थिए ।WhatsApp Image 2024-12-27 at 17.48.49

विशेष गरी हामी कार्यस्थलमा काम गर्ने व्यक्तिहरूलाई सम्भावित जोखिमबाट जोगाउन र उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यको संरक्षण गर्ने व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको सही व्यवस्थापन गर्ने लक्ष्य सहित कार्यक्रमको आयोजना गरेको उद्योग संगठन मोरगंका अध्यक्ष राकेश सुरानाले बताए ।

औधोगिक क्षेत्र केन्द्रित स्वास्थ्य सुरक्षाका विषयमा विभिन्न व्यक्तिहरुले सहजिकरण गरेका थिए ।