इटहरी । उच्च शिक्षा अध्ययनका लागि विभिन्न देश जाने विद्यार्थीहरुलाई परामर्श सेवा प्रदान गर्दै आएको एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिस इटहरीले अष्टेलिया  र युके  जान चाहने विद्यार्थीहरुका लागि एक दिने पशर्मश सेवा सञ्चालन गरेको छ ।

     विगत २१ वर्ष देखि विदेश जाने विद्यार्थीहरुलाई परामर्श सेवा उपलव्ध गराउदै आएको एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिस इटहरीले अष्टेलिया जान चाहने विद्यार्थी तथा अभिभावकहरुलाई अष्टेलियामा रहेका विश्वविद्यालय त्यहाँको नीति नियम लगायतका विषयमा परामर्श दिएको हो ।

    सुनसरी र मोरगंका २सय वढी विद्यार्थी तथा अभिभावकलाई  अष्टेलिया  र युकेका कलेजका प्रतिनिधिहरुले सहजिकरण गरेको एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिस इटहरीका प्रवन्धक निर्देशक कमल तिम्सिनाले जानकारी दिए ।

विद्यार्थी तथा अभिभावकहरुलाई युके कलेज युनिभसिटीका प्रतिनिधि प्रकास सुवेदी र अस्ट्ेलियाको प्रतिनिधि श्वेता श्रेष्ठले कलेजका विषय नीति निमयहरुका विषयमा सहजिकरण गरेका थिए ।

एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिस इटहरीले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुलाई परार्मश प्रदान गर्ने कार्यमा सफलता पाएपछि धरान र विराटनगरमा समेत परामर्श सेवा सञ्चालन सुरु गरिएको छ ।