इटहरी । अविरल वचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरी आफनो १४औं वार्षिक साधारण सभाको अवसर पारेर दुई जना विद्यार्थीलाई सम्मान गरेको छ ।
वार्षिक रुपमा प्लस टु मा उत्कृष्ट नम्बर ल्याउने सेयर सदस्यका सन्तनीहरुलाई सम्मान गर्ने नीति अनुसार यस वर्ष आकृति निरौला र सन्ध्या तिम्सिनालाई सम्मान गरेको हो ।
त्यसै गरी अविरल सहकारीले नियमिति वचत तर्फ राजेश कुमार शाह दैनिक वचत तर्फ दिल वहादुर खड्का असल कारोवारी तर्फ कृष्ण वहादुर खड्का युवा उधमी तर्फ धनश्याम श्रेष्ठलाई सम्मान गरियो ।
वार्षिक साधारण सभामा अध्यक्ष कुवेर वरालले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै २०६७सालमा २६जना सेयर सदस्यले स्थापना गरेको सहकारीमा अहिले आएर ७सय ८७ जना सेयर सदस्य पुगेको , १करोड ७५लाख २५हजार ४सय सेयर पुँजी रहेको ५ करोड ४१ हजार ५८ लगानी रहेको र २लाख २२हजार ४सय८४रुपैया संस्थाले नाफा आर्जन गरेको जानकारी गराए । 
इटहरी उपमहानगरपालिका वडा नम्बर ६का वडाध्यक्ष दिवस पोखरेलको प्रमुख आतिथ्य रहेको सो कार्यक्रममा सम्मानित व्यक्तिहरुलाई प्रमुख अतिथी पोखरेल, अध्यक्ष वराल लगायतले सम्मान गरेका थिए । 
सहकारीले सेयर सदस्यका प्लस टु मा उत्कृष्ट नम्बर ल्याउने सन्तती, उत्कृष्ट वचत कर्ता ,उत्कृष्ट कारोवारी , उत्कृष्ट युुवा उद्यमीलाई सम्मान गर्ने नीति अनुसार यस पटक पनि सम्मान गरिएको संस्थाका उपाध्यक्ष डिल्ली भण्डारीले जानकारी दिए । 
कार्यक्रममा नगर सहकारी समिति सदस्य भोला काजी बस्नेत , अविरल वचत तथा ऋण सहकारी संस्थाका संथापक बिक्रम घिमिरे,कुमारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खड्ग कुमार श्रेष्ठ,वचत तथा ऋण सहकारी संघ सुनसरीकी सचिव गोमा गिरी,रिजाल्स भिजनका सञ्चालक बिण्णु रिजाल लगायतले शुभ कामना मन्तव्य राखेका थिए ।




















