इटहरी । नीजि तथा आवासिय विद्यालय अर्गनाजेसन नेपाल प्याब्सन सुनसरीको आगामी नेतृत्व चयन गर्ने गरी १६औं जिल्ला अधिवेशन इटहरीमा सुरु भएको छ ।
प्याब्सनका केन्द्रीय अध्यक्ष डि के ढुंगानाले एक कार्यक्रमका विच प्याब्सन सुनसरीको १६औं जिल्ला अधिवेशनको उदघाटन गरेका हुन ।
बुधवार इटहरीको लायन्स भवनमा भएको कार्यक्रम प्याब्सन सुनसरीका कार्यवाहक अध्यक्ष थानेश्वर ढकाल नेल्सनको अध्यक्षतामा सुरु भएको खुला सत्रमा अनुप योञ्जन तामागंको परिवारलाई अनुपले पुर्याएको योगदानको कदर गर्दै ताम्रपत्रले सम्मान गरियो ।
प्याब्सन सुनसरीको जारी कार्यसमितिको अध्यक्ष रहेकै अवस्थामा योञ्जनको निधन भएको थियो ।
योञ्जनको निधनपछि प्याब्सन सुनसरीको कार्यवाहक अध्यक्षको जिम्मेवारी बरिष्ठ उपाध्यक्ष थानेश्वर ढकाल पाएका छन ।
उद्घाटन कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष ढुङ्गानाले प्याब्सनमा आबद्ध सबैले समयसँगै आफूलाई परिवर्तन गर्दै लानुपर्ने बताए ।
यो एआईको जमाना हो, यो जमनामा हामीले पनि आफूलाई अद्यावधिक गर्दै जानुपर्छ, हाम्रा स्कुलहरूमा पढाएका विद्यार्थीहरूले च्याट जिपिटी चलाएर तपाईँहरूलाई प्रश्न र प्रति प्रश्न गर्छन् । हामीले पनि सोही अनुसार आफूलाई अपग्रेड गर्नुपर्छ,’ ढुङ्गानाले भने ।
नेपाली विद्यार्थीहरू अध्ययनको लागि विदेश गइरहेको अवस्थामा उनीहरूलाई नेपालमै गुणस्तरीय शिक्षा प्रदान गर्दै विदेशी विद्यार्थीहरूलाई समेत नेपालमा अध्ययनको लागि आकर्षित गर्न सकिने अध्यक्ष ढुङ्गानाले बताए ।
यस्तै सल्लाहकार पुरीले प्याब्सनले स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्नुपर्ने बताए ।
१६औं अधिवेशन उदघाटन कार्यक्रमका सहभागी नीजि तथा आवासिय विद्यालयका सञ्चालकहरुले आगामी कार्य समितिले अझ धेरै संस्थागत विद्यालयहरुको हक अधिकारका क्षेत्रमा काम गर्ने विश्वास व्यक्त गरे ।
अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएपश्चात् प्याब्सन सुनसरीको नयाँ कार्यसमिति चयनको प्रक्रिया अघि बढाइने छ ।
सर्वसम्मत रूपमा नै कार्यसमिति चयनको प्रयास गरिने प्याब्सन सुनसरीका अध्यक्ष ढकालले बताए ।
कार्यक्रममा प्याब्सनका पुर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरी, शिक्षा विकास तथा समन्वय इकाई इटहरी प्रमुख खगेन्द्र सुवेदी , प्याब्सनका केन्द्रीय ,प्रदेशका प्रतिनिधि सहित विभिन्न पुस्तक प्रकासन गृहहरुका सञ्चालक लगायतको आतिथ्य रहेको थियो ।




















