इटहरी । क्रिसमसको अवसर पारेर इटहरी नमुना कलेजका विद्यार्थीहरुले इभेन्टमेनेजमेन्ट अन्तरगत क्रिसमस उत्सव कार्यक्रम गरेका छन ।
नमुना कलेजमा अध्ययनरत विएचएम सन्२०२३ का विद्यार्थीहरुले इभेन्टमेजमेन्ट अन्तरगत खानाको परिकार सहित सांस्कृतिक कार्यक्रमको आयोजना गरी क्रिसमस उत्सव मनाएका हुन ।
कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुलाई विभिन्न इभेन्ट अन्तरगत सिकाइका लागि कार्यक्रम आयोजना गरिने गरे जस्तै क्रिसमस इभेन्ट कार्यक्रममा ईण्डियन,युरोपियन खानाको परिकारको साथमा सांगितिक प्रस्तुति राखिएको कलेजका विएचएम कार्यक्रम कोर्डिनेटर सालिकदत्त भट्टराईले जानकारी दिए । विद्यार्थीले तयार पारेका खानाका परिकारहरु अभिभावकहरुले किनेर खाएका थिए ।
कार्यक्रममा अभिभावक,उद्योगी,विद्यार्थी लगायत एकसय बढीको सहभागिताको थियो । इटहरी नमुना कलेजका प्राचार्य धर्म न्यौपाने र अध्यक्ष केशव खड्का, इप्लानेट क्षेत्रिय प्रमुख सुर्य चौलागाँईले संयुक्त रुपमा उदघाटन गरेका थिए ।




















