इटहरी । कोशी प्रदेशको केन्द्रविन्दु इटहरीमा जारी नेपाल जेसिजको ५१औं राष्ट्रिय महाधिवेशन रजनी थापाको अध्यक्षतामा वर्ष २०२५ का लागि नयाँ कार्यसमिति चयन गर्दै समापन भएको छ ।

     प्रधानमन्त्री केपी शर्मा ओलीले गत शनीवार उदघाटन गरेको महाधिवेशनले रजनी थापाको अध्यक्षतामा एक वर्षका लागि नयाँ कार्यसमिति चयन गर्दै समापन भएको हो ।

    देशभरका १सय ६८ शाखाको सहभागिता रहेको जेसिजको राष्ट्रिय महाधिवेशनमा अध्यक्षका उमेद्धार रहेका ६ जना मध्ये ५ जनालाई पछि पार्दै रजीनी निर्वाचित भएकी हुन । नयाँ निर्वाचित अध्यक्ष रजनी थापाले आफनो कार्यकालमा तालिमलाई प्राथमिकतामा राखेर युवाहरुलाई उद्यमशिल वनाउने कार्य योजना सहित अघि वढ्ने वताइन ।IMG_20241224_185924

चार जना राष्ट्रिय कार्यकारी उपाध्यक्षका लागि ८ जनाको उमेद्धारी परेकोमा गणेश सापकोटा,एलिना मर्हजन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ निर्वाचित भएका छन ।

१२ जना राष्ट्रिय उपाध्यक्षका लागि १९ जनाको उमेद्धारी परेकोमा इटहरी लेडि जेसिजकी निवर्तमान अध्यक्ष सुमित्रा भट्टराई लगायतका निर्वाचित भएका छन । नव निर्वाचित राष्ट्रिय उपाध्यक्ष सुमित्रा भट्टराईले नेतृत्व र व्यक्तित्व विकासका साथै आर्थिक उपार्जनलाई जोड दिदै युवाहरुलई उद्यमशिल वनाउने विषयमा आफु लागि पर्ने वताइन ।WhatsApp Image 2024-12-24 at 11.06.45

जेसिजको राष्ट्रिय महाधिवेशन तीन दिनमा सक्ने योजना सहित उदघाटन भएपनि केही ढिलो भएर आज मात्र सम्पन्न भएको महाधिवेशनका निर्देशक दिपक ढकालले जानकारी दिए । 

उनले १८वर्ष देखि ४० वर्ष सम्मका युवाहरुलाई सक्षम वनाउन जेसिजले नेतृत्व तथा व्यक्तित्व विकासका लागि काम गर्ने गरेको र नयाँ कार्यसमितिले समेत त्यसलाई प्राथमिकतामा राखेर काम गर्ने वताए ।WhatsApp Image 2024-12-24 at 16.51.43

तीन दिने महाधिवेशन कार्य तालिका अनुसार गत शनिवार उदघाटन ,आइतवार ककस, सास्कृसतक कार्यक्रमहरु गर्दै सोमवार मतदान सम्पन्न भएको थियो ।

सोही कार्यक्रममा उत्कृष्ट शाखा पोखरा, उत्कृष्ट अध्यक्ष इछहरी लेडि जेसिजकी अध्यक्ष इज्दिरा काफ्ले र इटहरी जेसिजका महासचिव मिसन पराजुली उत्कृष्ट घोषित गर्दै सम्मान गरिएको छ ।   

 मतदानबाट राष्ट्रिय अध्यक्ष ,कार्यकारी उपाध्यक्ष , राष्ट्रिय उपाध्यक्ष चयन भएपछि महासचिव विकेशलाल श्रेष्ठ ,कोषाध्यक्ष राम पाण्डे र कानुनी सल्लाकारमा सुनिल तिम्सीनालाई मनोनयन गरिएको छ । 

 नयाँ कार्य समितिको पहिलो बोर्ड वैठक इटहरीमै वसेर आगामी योजनाहरुका विषयमा छलफल समेत सम्पन गरेको छ ।