इटहरी । सरसफाई वृक्षारोपण लगायतका सामाजिक कार्य गर्दै आएको पुर्वेली क्लव इटहरीले कोशी राजमार्ग अन्तरग हलगडा चोक क्षेत्रमा सरसफाई गरेको छ ।

      हलगडा चोक क्षेत्रमा राजमार्ग लक्षित पुर्वेली क्लवले विशेष कार्यक्रमकैै रुपमा सरसफाई गरेको हो । 

पुर्वेली क्लवको आयोजनामा गरिएको सरसफाईमा क्लबका सदस्य तथा इटहरी उपमहानगर पालिकाका नगर प्रहरीले समेतले सहयोग गरेको क्लवका अध्यक्ष झलक वनले जानकारी दिए । शिक्षा,स्वास्थ्य ,पर्यावरण लगायतका क्षेत्रमा काम गर्दै आएको पुर्वेली क्लवले शारिरिक स्वास्थ्यलाई समेत मध्यनजर गर्दै  ४ वटा तिमका १६ वर्षमुनीका खेलाडीलाई फुटवल प्रतियोगिताको समेत आयोजना गर्न लागेको समेत अध्यक्ष वनले वताए ।

 पुर्वेली क्लवले समय समयमा सरसफाई ,वृक्षारोपण लगायतका समाज उपयोग कार्य गर्दै आएको छ ।