इटहरी । कस्तुरी एकेडेमी इटहरीको आयोजनामा  इटहरीमा अन्तर  विद्यालय प्रथम कस्तुरी क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

      डिभिएम स्कुलको खेल मैदानमा यही १२ गते सम्म सञ्चालन हुने गरी प्रतियोगिता आरम्भ गरिएको हो । इटहरी उपमहानगरपालिका क्षेत्रका दुई सामादायिक विद्यालय सहित २६ विद्यालयको सहभागिता रहेको प्रतियोगिताको इटहरी उपमहानगरपालिका वडा नम्बर ९का वडाध्यक्ष जितेन्द्र थापाले एक कार्यक्रमका विच उदघाटन गरेका हुन ।

    कस्तुरी एकेडेमीका अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा प्रमुख अतिथी थापाले हालै सम्पन्न भएको एनपिएलले क्रिकेट प्रति के्रज वढाएको र कस्तुरी कलेजले विद्यालय तह देखि नै राम्रा खेलाडी उत्पादनमा सहयोग पुग्ने गरी अन्तर विद्यालय प्रतियोगिता आयोजना गरेको भन्दै प्रशंषा गरे ।vlcsnap-2024-12-22-17h48m55s121

स्कुल स्तरबाट प्रतियोगिताहरु खासै नभई रहेको समयमा स्कुल लेवलबाट नै राम्रा खेलाडी निस्कीनु पर्छ भनेर इटहरी क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई सहभागी गराएर अन्तर विद्यालय क्रिकेट प्रतियोगिता सुरु गरिएको कस्तुरी एकेडेमीका प्रिन्सिपल कमलेश शर्मा पौडेलले जानकारी दिए । पौडेलले प्रतियोगिता अन्तरगत प्रथम हुने स्कुललाई नगद १५हजार सहित ट्रफि , मेडल ,दोस्रो हुनेलाई १०हजार ट्फि मेडल र तेस्रो हुनेलाई ६हजार टफि मेडलले पुरस्कृत गरिने समेत वताए । त्यसैगरी म्यान अफ द सिरिज , प्रत्येक खेलका म्यान अफ द म्याच लगायतका खेलाडी विशेषलाई समेत पुरस्कृत गरिपनि पौडेलले जानकारी दिए ।

स्कुल तहबाट हुने प्रतियोगिताले राम्रा खेलाडि उत्पादनमा सहयोग पुरयाउने विश्वास गरिएको छ । कस्तुरी एकेडेमीले विद्यार्थीहरुलाई शैक्षिक गतिविधिका साथै अतिरिक्त क्रियाकलापहरुमा समेत सहभागिता गराउदै आएको छ ।