इटहरी । विद्यार्थीलाई पाठ्यक्रम अन्तरगत अध्ययन गराउने साथै अन्य सिपमुलक गतिविधिहरुमा सहभागी गराउदै क्षमता अभिवृद्धिमा जोड दिदै आएको इटहरीमा रहेको विश्व आर्दश सेकेण्डरी स्कुलले फुड फेष्टीवल आयोजना गरेको छ ।
विद्यार्थीले नै वनाएर आफैले विक्री गर्ने गरि विद्यालयमा फुड फेष्टिवल आयोजना गरिएको हो । कक्षा ४ देखि १० सम्मका विद्यार्थीले खानाका धेरै परिकारहरु साथै विभिन्न जातिय परिकारहरुका बनाएर प्रर्दशनी साथै विक्रीका लागि राखेका छन ।
विद्यार्थीले अभिभावकहरुको सहयोगमा वनाएका परिकारहरुको प्रर्दशनी हेर्न आएका अभिभावकहरुले विद्यार्थीलाई शिक्षाका साथै यस प्रकारका अतिरिक्त क्रियाकपालमा सहभागी गराउने कार्यले विद्यार्थीको वौद्धिक विकास , सामाजिक विकासमा योगदान पुग्ने विश्वास गर्दछन ।
विद्यार्थीलाई शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा सहभागी गराउने कार्य विद्यालयले गर्दै आएको प्रिन्सिपल गणेशकुमार दुलालले जानकारी दिए । उनले कल्चरल फुड फेष्टिवलका रुपमा विगत देखि नै विद्यालयमा विद्यार्थीले वनाएका खानाका परिकार राखेर विक्री गराउने कार्यमा समेत विद्यार्थीलाई सहभागी गराउने कार्यले विद्यार्थीमा वनाउने सिप विकास हुनुका साथै मार्केटिगं र व्यवस्थापनका विषयमा समेत दक्षता प्रदान हुने प्रिन्सिपल दुलाल वताउछन ।
कल्चरल फ्रुड फेष्टिवलको विद्यालयका अध्यक्ष लेखनाथ घिमिरे र प्रिन्सिपल गणेशकुमार दुलालले संयुक्त रुपमा रिवन काटेर उदघाटन गरेका थिए । फुड फेष्टिवलमा विद्यार्थी वनाएका परिकारहरुको पर्दशनी हेर्न र किन्न अभिभावकहरु उल्लेखिय संख्यामा विद्यालय पुगेका थिए । विश्व आर्दश स्कुलले समय समेत विद्यार्थीको क्षमता अभिवृद्धिमा जोड दिदै खेलकुद , विभिन्न शैक्षिक प्रतियोगिता , सामाजिक कार्य , कल्चरल फ्रुड फेष्टिवल लगायतका गतिविधिहरु पठनपाठनका साथै गर्दै आएको छ ।




















