इटहरी । नेपाल जेसिजको राष्ट्रिय महाधिवेशनको अवसर पारेर सुनसरीको इटहरीमा शान्ति पदयात्रा निकालिएको छ ।
राष्ट्रिय महाधिवेशन आयोजना स्थल जनता माध्यमिक विद्यालयको खेल मैदानबाट शान्ति पदयात्रा निकालिएको हो ।
शान्ति पदयात्रा महाधिवेशन स्थलबाट निकालेर इटहरीको मुख्य बजार क्षेत्र परिक्रमा गरेको थियो । जेसिजका देशभरका शाखाहरुको व्यानर सहितको सहभागिता रहेको शान्ति पदयात्रामा व्रह्मकुमारी राजयोग सेवा केन्द्र इटहरीले धार्मिक झाँकी सहित सहभागिता जनाएको थियो । 
सो पदयात्रामा जीवन विज्ञान सुनसरी , सौन्दर्यकला व्यवसायी संघ इटहरी , पतञ्जली योग पिठ नेपाल इटहरी , मकालु वोडिगं स्कुल, नेवाः समाज इटहरी ,इटहरी लेडि जेसिज लगायतका संघसंस्थाहरुको सहभागिता रहेको थियो भने इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेल,कार्यक्रमका निर्देशक इटहरी जेसिजका पुर्व अध्यक्ष समेत रहेको दिपक ढकाल ,इटहरी जेसिजका अध्यक्ष सुमन सुवेदी लगायतको सहभागिता रहेको थियो ।
हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेको नेपाल जेसिजको ५१औं राष्ट्रिय महाधिवेशन भोली आगामी कार्यकालका लागि नेतृत्व चयन गर्दै समापन हुने छ ।




















