इटहरी । शिक्षा,स्वास्थ्य जस्ता आधारभुत सेवा प्रवाहमा समेत कोशी प्रदेश सरकार चुकेको आरोप लगाउदै आएको  राष्ट्रिय प्रजातन्त्र पार्टी कोशी प्रदेशले विरोध प्रर्दशन गर्ने भएको छ । जनअपेक्षा अनुरुप कोशी प्रदेश सरकारले काम गर्न नसकेको  राष्ट्रिय प्रजातन्त्र पार्टी कोशी प्रदेशकाका अध्यक्ष राम कुमार थापाले आरोप लगाउनु भएको छ । 

शिक्षा, स्वास्थ्य लगायतका आधारभूत सेवामा समेत कोशी प्रदेश सरकार जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोशी प्रदेशले विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ । 

पार्टीले पुस १३ गते इटहरीमा एक वृहत विरोध सभा आयोजना गर्ने निर्णय गरेको छ । 

राप्रपा कोशी प्रदेशका अध्यक्ष रामकुमार थापाले पत्रकार सम्मेलन गर्दै जनअपेक्षाअनुसार सरकारले काम नगरेको कारण विरोध प्रदर्शनको आयोजना गरिएको जानकारी गराए । यस विरोध सभामा प्रदेश सरकारको खारेजी, स्थानीय स्वायत्त शासन प्रणालीको अधिकार पुनःस्थापना, धार्मिक स्वतन्त्रता र सनातन वैदिक हिन्दू राष्ट्रको पक्षमा आवाज उठाइने कुरा थापाले बताए ।WhatsApp Image 2024-12-21 at 18.04.54

साथै, सहकारी पिडितहरूको विषयलाई पनि विरोध सभामा समेट्ने निर्णय गरिएको जानकारी दिए  ।

पत्रकार सम्मेलनमा थापाले यस विरोध सभामा सहभागी हुनेहरूको संख्यामा उल्लेखनीय वृद्धि हुने अपेक्षा व्यक्त गरे ।विरोध सभामा सरकारको नीतिहरूको आलोचना मात्र नभई सामाजिक र धार्मिक अधिकारहरूको रक्षा गर्ने मुद्दा पनि उठाइने आयोजकको भनाइ छ । राप्रपा कोशी प्रदेशले धार्मिक स्वतन्त्रताको सुनिश्चितता र सनातन वैदिक हिन्दू राष्ट्रको पक्षमा प्रस्ट उभिनका लागि विरोध सभामा विशेष ध्यान दिने कुरा पत्रकार सम्मेलनमा स्पष्ट पारेको छ ।