इटहरी । नेपाल जेसिजको आयोजना तथा इटहरी जेसिजको आतिथ्यमा नेपाल जेसिजको ५१औं महाधिवेशनको सुनसरीको इटहरीमा सुरु भएको छ ।
तीन दिन सम्म चल्ने नेपाल जेसिजको राष्ट्यि महाधिवेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका छन ।
उदघाटन समारोहका प्रमुख अतिथी प्रधानमन्त्री ओलीले जेसिजले मानिसलाई सक्षम वनाउन नेतृत्व विकास गराउने र उद्यमशिल वनाउने बाटोतिर लगाउने काम गरिरहेको भन्दै जेसिजको प्रशंषा गरे ।
सोही कार्यक्रममा वोल्दै प्रधानमन्त्री ओलीले एकातर्फ हामी समृद्धि हासिल गरिरहेका छौं भने अर्को तर्फ गरिवी कायम रहेको छ यस्तो अवस्था परिवर्तन ल्याउनु छ भने ।
कार्यक्रममा विभिन्न शाखाले सिफारिस गरेका विभिन्न विद्याका व्यक्तित्वहरुलाई सम्मान समेत गरियो । नेपाल जेसिजमा आवद्ध १सय ७८ शाखाको सहभागिता रहेको महाधिवेशन उदघाटन सत्रको अध्यक्षता नेपाल जेसिजका अध्यक्ष रविन पोखरेलको रहेको कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्की ,कानुन मन्त्री रेवतीरमण भण्डारी , वन मन्त्री सदानन्द मण्डल , इटहरी उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेल लगायतको आतिथ्य रहेको थियो भने कार्यक्रमको निर्देशक इटहरी जेसिजका पुर्व अध्यक्ष समेत रहेको दिपक ढकालको रहेको थियो भने कार्यक्रमको आतिथ्य इटहरी जेसिजका अध्यक्ष सुमन सुवेदीको रहेको थियो । 





















