इटहरी । सुनसरीको इटहरीमा रहेको  कुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफनो १५औं वार्षिक साधारणसभाको अवसर पारेर सप्तकोशी टेलिभिजनका सञ्चालक तथा प्रवन्ध निर्देशक विकल रेग्मीलाई सम्मान गरेको छ ।

    पत्रकारिताका माध्यमबाट सामाजिक विकासका क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै कुमारी बचत तथा ऋण सहकारी संस्थाले हाम्रा सञ्चालक तथा प्रवन्ध निर्देशक रेग्मीलाई सम्मान गरेको हो ।

 इटहरी उपमहानगरपालिका वडा नम्वर ९का वडाध्यक्ष जितेन्द्र थापाको प्रमुख आतिथ्य तथा सस्थाका अध्यक्ष खड्ग कुमार  श्रेष्ठको अध्यक्षतामा भएको वार्षिक साधारणसभामा रेग्मी सहित उत्कृष्ट अंक ल्याउने सेयर सदस्यको सन्ततीका ज्योतिकुमारी राउत र पियुस साह , उत्कृष्ट सदस्य बावुराम लिम्वु र सन्तोषकुमार राउत लगायतलाई सम्मान गरियो ।WhatsApp Image 2024-12-21 at 18.04.43

सो कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष श्रेष्ठले संस्थामा ७४महिला र २सय २२ जना गरी कुल २सय ९६जना सेयर सदस्य रहेको जानकारी गराउदै , संस्थामा ८२लाख ६४हजार २सय रुपैया शेयर पुजी रहेको समेत सभालाई अवगत गराए । त्यसैगरी श्रेष्ठले ४लाख ३६हजार १सय ८९ले लगानी गरेको समेत उल्लेख गरे । WhatsApp Image 2024-12-21 at 18.04.49

कार्यक्रममा अध्यक्ष ,सचिव र कोषाध्यक्षले संस्था विभिन्न प्रतिवेदनहरु प्रस्तुत गरेको कार्यक्रम संयोजक सञ्जय साहले जानकारी दिए । 

 कार्यक्रममा इटहरी उपमहानगर पालिका सहकारी शाखा प्रमुख बालकुमार पोख्रेल ,अविरल वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुवेर शर्मा , शुभलाख बचत तथा ऋण सहकारीका दिपक पोखरेल , जिल्ला वचत तथा ऋण सहकारी संघकी गोमा कुमारी गिरी  लगायतको उपस्थिती रहेको थियो ।