मोरङ । वाल अधिकार संरक्षण र अनलाईनका माध्यमबाट हुने वाल यौन दुव्र्यवहार रोकथामका विषयमा इटहरी क्षेत्रका सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुसंग कार्यशाला गरिएको छ ।

इटहरी उपमहानगरपालिकाको युवा खेलकुद तथा शिक्षा महाशाखाको समन्वयमा भ्वाइस अफ चिल्डे«नको आयोजनामा वाल अधिकार अनलाइन वाल यौन दुव्र्यवहार रोकथामका विषयमा प्रधानाध्यापकहरुसंग मोरगंको गोर्कण रिसोर्टमा एक दिने कार्यशाला आयोजना गरिएको हो ।

   वाल अधिकार संरक्षण  र अनलाइनका माध्यमबाट हुने वाल यौन दुव्र्यवहार नियन्त्रणका लागि अभिभावकको भुमिका , वालवालिकाको जिम्मेवारी र सरकारको दायित्वक लगायतका विषयमा कार्यशालामा छलफल गरियो । 

सो कार्यशालामा वाल अधिकार , वाल अधिकार सम्वन्धी महासन्धी , वाल शिक्षा लगायतका विषयमा एसओएस वालग्रामका निर्देशक डिसी चौधरीले सहजिकरण गरेका थिए । vlcsnap-2024-12-20-15h33m38s298

त्यसै गरी वाल अधिकार सम्वन्धी कानुनका विषयमा अधिवक्ता बद्री पोखरेलले सहजिकरण गरेका थिए भने अनलाइनका माध्यमबाट हुने वाल यौन दुव्र्यवहारको अवस्था साथै नियन्त्रणका उपायहरुका विषयमा आयोजक भ्वाईस अफ चिल्डे«न इटहरीकी कार्यक्रम अधिकृत लिला भुजेलले सहजिकरण गरिन भने कार्यक्रममा भ्वाईस अफ चिल्डे«न इटहरीले विगत देखि गर्दै आएका वाल अधिकार,अनलाइनबाट हुने वाल यौन दुव्र्यवहार लगायतका गतिविधिहरुका विषयमा भ्वाईस अफ चिल्डे«न इटहरीका प्रमुख भरत थापाले जानकारी गराए । WhatsApp Image 2024-12-20 at 15.16.38 (1) 1

कार्यशालामा इटहरी क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुका ४० जना प्रधानाध्यापकहरुको सहभागिता रहेको भ्वाईस अफ चिल्डे«नका परियोजना सहायक प्रकास परियारले जानकारी दिए ।

   भ्वाईस अफ चिल्डे«न इटहरीले वाल अधिकार सहित वालवालिकाहरुका पक्षमा विभिन्न किसिमका कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।