इटहरी । हिरो मोटरसाईकल तथा स्कुटरको इटहरीमा रहेको आधिकारिक विक्रेता श्रीमोटर्स शोरुम इटहरीले हिरो एक्स्ट्मि १६० आर फोरभी र एक्स्ट्मि १२५आर को विक्री शुरु गरेको छ ।
श्रीमोटर्स शोरुमले भित्रयाएको एक्स्ट्मि १६० आर फोरभी र एक्स्ट्मि १२५आरको एक कार्यक्रमका विच उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले सार्वजनिक गरेका हुन ।
नेपाली उपभोक्ताहरुको रोजाइमा पर्दै आएको हिरो कम्पनीका मोटरसाईकल तथा स्कुटरहरुको मागलाई मध्यनजर गर्दै कम्पनीले नेपाली उपभोक्ताहरुलाई लक्षित गरि नेपाली बाटो सुहाउदोे १६० सीसीको एक्स्ट्मि आर फोरभी १२५सीसीको एक्स्ट्मि आर बजार ल्याएको शोरुमका सञ्चालक संदिप निरौलाले जानकारी दिए । उपभोक्ताहरुले पहिलेका जस्ता अहिले भित्रिएका नयाँ मोटसाइकललाई मन पराउने विश्वास गरिएको छ ।




















