इटहरी । मानव वेचविखन विरुद्ध जोखिममा रहेका तथा प्रभावितहरुका लागि माइती नेपाल इटहरीले विभिन्न सिपमुलक तालिमहरु सञ्चालन गर्दै आएको छ ।

    जोखिममा परेको महिलाहरुलाई लक्षित गरी माइती नेपालले व्युटि पार्लर , सिलाई कटाई लगायतका सिपमुलक तालिमहरु प्रदान गरि आर्यजनका लागि सहयोगी सामाग्रीहरु समेत वितरण गर्दै आएको छ । यही क्रममा सिलाई कटाई तालिम लिएका पाँच जनालाई एक कार्यक्रमको आयोजना गरि सिलाई मेसिन प्रदान गरेको हो ।IMG-20241219-WA0036

 सिलाई कटाई तालिम तथा व्युटि पार्लर तालिमका सहभागीहरुलाई प्रमाण प्रत्र वितरण कार्यक्रमको अवसर पारेर कार्यक्रमकी प्रमुख अतिथी इटहरी उपमहानगरपालिका उपप्रमुख संगिताकुमारी चौधरीले पाँच जनालाई सिलाई मेसिन प्रदान गरेकी हुन ।IMG-20241219-WA0033 कार्यक्रम माइती नेपाल मोरगंका संयोजक विनोद पोखरेलको अध्यक्षता तथा माइती नेपाल इटहरीकी कार्यक्रम संयोजक सुनिता कार्कीको संयोजन रहेको थियो । कार्यक्रममा तालिम लिएकाहरुलाई सिकेका सिपहरुलाई व्यवहारिक रुपमा प्रयोगमा ल्याएर आयआर्जन गर्नु पर्नेमा कार्यक्रमका अतिथीहरुले जोड दिएका थिए । माइती नेपालले सञ्चालन गरेको तालिममा १५जना महिलाहरुको सहभागिता रहेको थियो ।IMG-20241219-WA0032 प्रमाण पत्र वितरण कार्यक्रममा गैरसरकारी संस्था महासंघ सुनसरीका अध्यक्ष मेघराज न्यौपाने , इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारी लगायतको आतिथ्य रहेको थियो ।