इटहरी । सुनसरीको इटहरीमा हुने नेपाल जेसिजको ५१औं महाधिवेशनको तयारी पुरा भएको छ ।

 नेपाल जेसिजको आयोजना तथा इटहरी जेसिजको आतिथ्यमा इटहरीको जनता माध्यमिक विद्यालयको प्रागंणमा यही पुस ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्ने जेसिजको राष्ट्यि महाधिवेशनको तयारी पुरा भएको हो ।

  यही पुस ६ गते उदघाटन भएर ८ गते सम्म सञ्चालन महाधिवेशनको तयारी पुरा भएको महाधिवेशनका सहनिर्देशक तथा इटहरी जेसिजका वर्ष २०२०का अध्यक्ष माधव भट्टराईले जानकारी दिए ।  IMG-20241219-WA0017उनले नेपाल जेसिजमा आवद्ध १सय ७८ शाखाको सहभागिता रहने महाधिवेशनमा आउनेहरुलाई पुर्वका विभिन्न पर्यटकीय क्षेत्रहरु समेत भ्रमण गराउने योजना रहेको समेत वताए । सहनिर्देशक भट्टराईले महाधिवेशन स्थानीय उत्पादनलाई चिनाउन , स्थानीय कलाकारहरुलाई अघि वढाउन र यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउन समेत महत्वपुर्ण हुने समेत जानकारी दिए ।

इटहरीमा हुने नेपाल जेसिजको राष्ट्यि महाधिवेशन सफल वनाउन इटहरीवासी जुटेको र स्थानीय सरकार तथा प्रदेश सरकारले समेत सहयोग पुर्याउने महाधिवेशन आयोजक समितिका उपनिर्देशक शिवराज दाहालले जानकारी दिए । उनले पनि महाधिवेशनका लागि आवश्यक तयारी पुरा भएको वताए ।

 धरान जेसिजको मातृत्वमा सन् १९८८मा नेपाल जेसिजको ४३औं शाखाका रुपमा स्थापना भएो इटहरी जेसिजले ३३औं राष्ट्यि महाधिवेशन र क्षेत्र क सम्मेलन ३ पटक आतिथ्य सफलता पुर्वक सम्पन्न गरिसकेको जनाइयो । इटहरी जेसिजले हाल सम्म दुई जना राष्ट्यि अध्यक्ष , ६जना राष्ट्यि उपाध्यक्ष ,६ जना नै कार्यकारी उपाध्यक्ष र १ जना कानुनी सल्लाहकार वनाउन सफल भई सकेको छ । महाधिवेशन स्थलमा स्थानीय खाना , सवारी साधन , मेडिकल, शैक्षिक संस्था लगायतका ५० स्टल समेत रहने भएका छन ।