विराटनगर । नेपाल शैक्षिक परामर्श संघ पुर्वाञ्चल शाखाले शैक्षिक परामर्श, भाषा शिक्षण तथा ब्रिजकोर्षका कक्षाहरु अनाधिकृत रुपमा स्वीकृति नलिइ सञ्चालन गरेर ठगी गर्ने कार्य भई रहेको भन्दै कोशी प्रदेश सरकारलाई ज्ञापन पत्र वुझाएको छ ।
उच्च शिक्षा हासिल गर्न विदेश जाने विद्यार्थीका शैक्षिक परामर्श ,भाषा शिक्षण तथा ब्रिजकोर्षका कक्षा सम्वन्धित निकायबाट स्वीकृति नलिई सञ्चालन भई रहेको भनेर मनपरी रुप विज्ञापन गर्ने कार्य भई रहेको भन्दै सामाजिक विकास मन्त्री पाँचकर्ण राईलाई इक्यान पुर्वाञ्चलले ज्ञापन पत्र वुझाएको हो ।

इक्यान पुर्वाञ्चलका अध्यक्ष रविन्द्र निरौलाको नेतृत्वको टोलीले मन्त्री राई सहित कोशी प्रदेश शिक्षा सचिव हेमराज तामागंलाईलाई वुझाएको ज्ञापन पत्रमा कोशी प्रदेशमा पनि उल्लेख्य संख्यामा स्वीकृति नलिई व्यवसाय सञ्चालन गरिरहेको पाइएको भन्दै अपारदर्शी रुपमा भ्रामक विज्ञापन गरेर ठगी गर्ने कार्य भई रहेको भन्दै यस्तो ठगी गर्ने कार्यलाई नियन्त्रण गर्न आग्रह गरिएको छ ।
ज्ञापन पत्र वुझाउन अध्यक्ष निरौला सहित इक्यानमा आवद्धहरु सामाजिक विकास मन्त्रालय कोशी प्रदेश पुगेका थिए ।




















