इटहरी । नेपाल जेसिजको सुनसरीको इटहरीमा हुने ५१औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।
यही पुस ६,७ र८ गते इटहरीको जनता माध्यमिक विद्यालयको प्रागंणमा आयोजना गरिने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको हो ।
इटहरीमा हुने महाधिवेशनको तयारी पुरा भएको इटहरी जेसिजका अध्यक्ष सुमन सुवेदीले जानकारी दिएका हुन । अध्यक्ष सुवेदीले महाधिवेशनको पुस ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्ने ५१औं महाधिवेशनमा सहभागी हुन १सय ७८ शाखाका अध्यक्ष लगायत साथै पर्यवेक्षक सहित ५हजार मानिसहरु इटहरी आउने वताए ।
महाधिवेशनमा आउनेहरुलाई पुर्वका विभिन्न पर्यटकीय क्षेत्रहरु समेत भ्रमण गराउने योजना रहेको समेत सुवेदीले जानकारी गराए ।
ठुलो संख्यामा मानिसहरु आउदा यस क्षेत्रको व्यापार व्यवसाय चलाएमान हुने तथा पर्यटकीय क्षेत्रहरु भ्रमण गर्ने भएका कारण प्रचारप्रसार हुने इटहरी उपमहानगरपालिका वडा नम्बर ६का वडाध्यक्ष दिवस पोखरेलले विश्वास लिएका छन ।
धरान जेसिजको मातृत्वमा सन् १९८८मा नेपाल जेसिजको ४३औं शाखाका रुपमा स्थापना भएो इटहरी जेसिजले ३३औं राष्ट्यि महाधिवेशन र क्षेत्र क सम्मेलन ३ पटक आतिथ्य सफलता पुर्वक सम्पन्न गरिसकेको जनाइयो । इटहरी जेसिजले हाल सम्म दुई जना राष्ट्यि अध्यक्ष , ६जना राष्ट्यि उपाध्यक्ष ,६ जना नै कार्यकारी उपाध्यक्ष र १ जना कानुनी सल्लाहकार वनाउन सफल भई सकेको छ । महाधिवेशन स्थलमा स्थानीय खाना , सवारी साधन , मेडिकल, शैक्षिक संस्था लगायतका ५० स्टल समेत रहने भएका छन ।




















