इटहरी । विद्यार्थीको क्षमता अभिवृद्धि सहित नेतृत्व विकास सम्वन्धी सुनसरीको इटहरीमा तीन दिने इटहरी मोडल युनाइटेड नेशन्स २०२४ तालिम सम्पन्न भएको छ ।
इटहरी एमयुएनको आयोजनामा विश्वआर्दश एकेडेमीमा सुनसरी र मोरगंका एक सय वढी विद्यार्थीहरुको सहभागितामा इटहरी मोडल युनाइटेड नेशन्स समापन भएको हो ।
तालिममा विद्यार्थीहरुको क्षमता अभिवृद्धि हुने खाले विभिन्न विषयवस्तुहरु समावेश गरेर सहजिकरण गरिएको कारण तालिमका सहभागीहरुको क्षमत विकासमा सहयोग पुगेको कार्यक्रमका प्रमुख अतिथी इटहरी उपमहानगरपालिका प्रमुख हेमकणर् पौडेलले वताए ।
विभिन्न विषयमा वोल्न लगाउने लगायतक अभ्यासगत विषयवस्तु समावेश भएका कारण सहभागी विद्यार्थीहरुलाई सहज भएको इटहरी मोडल युनाइटेड नेशन्सका महासचिव अविरल विष्टले जानकारी दिए । उनले कक्षा ८ देखि १२ सम्मका इटहरी , धरान, विराटनगरका १सय ७० वढी विद्यार्थीको सहभागिता रहेको समेत वताए ।
तीन दिने कार्यक्रममा प्रशिक्षकहरु हर्षित अग्रवाल, तेन्जिङ नामग्याल भुटिया, इकोफिन,निखिल अग्रवाल, मेहुल जैन र लिखित अग्रवाल ,परिधि गोयलले विभिन्न बिषयमा प्रशिक्षण दिएका थिए । समापन कार्यक्रममा विश्वआर्दश एकेडेमीका अध्यक्ष लेखनाथ घिमीरे, रोटरी क्लब इटहरीका पुर्व अध्यक्ष अनन्त बिष्ट,लक्ष्मी धिताल,राष्ट्रिय जागृति क्लबका अध्यक्ष सन्त बहादुर डुम्जन, विश्व आदर्श एकेडेमीका प्राचार्य गणेश कुमार दुलाल लगायतको अतिथीहरुको सहभागिता रहेको थियो




















