इटहरी । सन् १९८० को दशकमा भारतको दार्जिलिङ र डुअर्स क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायको संघर्षका कथालाई समेटेर तयार पारिएको नेपाली चलचित्र बम बहादुर नेपाल र भारतमा एकै साथ रिलिज हुने भएको छ ।
चलचित्र बम बहादुर यही पुस ५ गते देखि नेपाल र भारतका विभिन्न सिनेमा घरहरुमा एक साथ रिलिज हुने भएको हो ।
चलचित्रका विषयमा जानकारी गराउन इटहरीको संगित चोकमा रहेको फुडसाला रेष्टुरेण्टमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रका मुख्य पात्र बम बहादुरले चार दशक अघि भोगेको संघर्षले वर्तमानमा पारेको प्रभावको विषयलाई कलात्मक रुपमा प्रस्तुत गरिएको जानकारी गराइयो ।
चलचित्रमा सस्पेन्स, थ्रिल, रोमान्स र सामाजिक कथाको मिश्रण रहेको निर्देशक जोन राईले जानकारी गराए । 
सो चलचित्रमा सौगात मल्ल, प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास लगायतका कलाकारहरूको मुख्य भुमिका रहेको छ ।
पत्रकार सम्मेलनमा चलचित्रको ट्रेलरमा सौगात मल्ललाई विद्राहीको भुमिकामा देखाइएकाले सस्पेन्स रहेको समेत जानकारी गराए ।




















