हेटाैडा ।सिएफ मोटो तथा जिहो टु ह्विलर्सका लागि नेपालको एक मात्रै आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले बागमती प्रदेशको राजधानी हेटौंडामा डिलर बिस्तार गरेको छ । मकवानपुर जिल्लाको सदरमुकाम समेत रहेको हेटौंडा बजारमा कम्पनीले पाँचौं डिलर विस्तार गर्न सफल भएको हो ।

येति मोटर्स हेटौंडा अब सिएफ मोटो तथा जिहोका लागि आधिकारिक डिलर नियुक्त भएको छ । येति मोटर्सको शोरुमको शनिबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । बिक्री तथा बिक्री पछिको सेवालाई प्राथमिकतामा राख्दै शोरुम उद्घाटन गरिएको कम्पनीले जनाएको छ । उद्घाटन कार्यक्रममा बोल्दै मोटर्सका सञ्चालक ईश्वर श्रेष्ठले सिएफमोटो र जिहो दुवै ब्राण्ड हेटौंडा तथा आसपासको क्षेत्रमा लोकप्रिय हुने विश्वास व्यक्त गरे ।