इटहरी । वाल अधिकार तथा अनलाईनबाट हुने वाल यौन दुव्र्यवहार रोकथामका विषयमा प्रहरीहरुका लागि भ्वाइस अफ चिल्डेनको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

  अनलाईनका माध्यमबाट वाल यौन दुव्र्यवहारका घटनाहरु वढी रहेको तर्फ मध्यनजर गर्दै भ्वाइस अफ   चिल्डेनको आयोजनामा सामुदायिक प्रहरीसंगको सहकार्यमा प्रहरीहरुका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।IMG_20241214_083115

 वाल अधिकार संरक्षणका साथै वाल यौन दुव्र्यवहार रोक्रने विषयमा कानूनी व्यवस्थाका विषयमा मुख्य न्याधिवक्ता रुपेश कोइरालले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।  २५जना प्रहरीको सहभागिता रहेको तालिममा वाल अधिकार, वाल अधिकारसंग सम्वन्धित राष्ट्यि तथा अन्तराष्ट्रिय कानूनी व्यवस्था , अनलाईन चलाउदा अपनाउनु पर्ने सावधानी , लगायतका विषयवस्तुहरु समावेश गरेर सहजिकरण गरिएको भ्वाई अफ चिल्डेनकि  कार्यक्रम अधिकृत लिला भुजेलले जानकारी दिइन ।

 भ्वाईस अफ चिल्डे्नले वाल अधिकारका साथै पछिल्लो समयमा देखा परिरहेको अनलाईनका माध्यमबाट हुने वाल यौन दुव्र्यवहार नियन्त्रणका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।