इटहरी । विद्यार्थीको क्षमता अभिवृद्धि सहित नेतृत्व विकासमा मद्धत पुग्ने गरी सुनसरीको इटहरीमा तीन दिने इटहरी एम यु एन तालिम सुरु भएको छ ।
इटहरी एनएमएमको आयोजनामा विश्वआर्दश एकेडेमीमा सुनसरी र मोरगंका एक ६० जना विद्यार्थीहरुको सहभागितामा एम यु एन तालिम सुरु भएको हो ।
तालिममा विद्यार्थीहरुको क्षमता अभिवृद्धि हुने खाले विभिन्न विषयवस्तुहरु समावेश गरेर सहजिकरण गर्ने तथा तालिमका सहभागीहरुलाई विभिन्न विषयमा वोल्न लगाउने लगायतक कार्यक्रमहरु भएको इटहरी मोडल युनाइटेड नेशन्सका महासचिव अविरल विष्टले जानकारी दिए ।
कक्षा ८ देखि १२ सम्मका इटहरी , धरान, विराटनगरका विद्यार्थीको सहभागिता रहेको छ । तीन दिन सम्म चल्ने तालिममा नेतृत्व विकासका क्षेत्रमा विभिन्न खाले विषयवस्तु समावेश गरिने भएका कारण भोलीका दिन तालिममा सहभागी विद्यार्थीको नेतृत्व विकासमा सहयोग पुग्ने विश्वास आयोजकले गरेको छ । उदघाटन कार्यक्रमका प्रमुख अतिथी नेपाल वार एशोसिएसन सुनसरीका अध्यक्ष विरेन्द्रवहादुर बस्नेतले कानूनका विभिन्न विषयहरुमा जानकारी गराएका थिए ।
कार्यक्रममा विश्व आर्दश एकेडेमीका प्राचार्य गणेशकुमार दुलाल , रोटरी क्लव अफ इटहरीका पुर्वहरु अनन्त विष्ट , लक्ष्मि धिताल , अनिता अधिकारी, राष्ट्यि जागृति क्लवका अध्यक्ष सन्तवहादुर डुम्जन, महासचिव विशाल अग्रवाल,आशुम हाङ लिम्बु,अध्याय प्रमुख परिधि गोयल,प्रधानसेनापति अंकित बराल ,जेनिशा भट्टराई, प्रयासी खड्का,पार्थ ढुंगाना ,सुकृत खनिया, प्रसन्न पौडेल ,
अस्मिता थापा लगायतको आतिथ्य रहेको थियो ।




















