इटहरी । सरसफाई सहित इटहरी क्षेत्रमा विभिन्न सामाजिक कार्यमा सक्रिय रहदै आएको वुल्स ऐलेभेन क्लव इटहरीले कोशी राजमार्ग अन्तरगत इटहरी मुख्य चोक देखि आपगाछी सम्मको सडक क्षेत्र सरसफाई गरेको छ ।

   विशेष गरेर कोशी राजमार्ग अन्तरगत दुई खण्डमा वाडिएको सडकको विच भागमा लगाइएका विरुवा तथा फूलहरुलाई छाँटकाट गरेर सरसफाई गरेको हो ।IMG_20241214_191312

    सडक सौन्दर्यका लागि लगाइएका विभिन्न विरुवाहरुका अनावश्यक ठुला भएका हागाँहरु छाँटकाट गरेर सडक सहज रुपमा देखिने वनाउने कार्य गरिएको वुल्र्स ऐलेभेनका उपाध्यक्ष रामु राईले जानकारी दिए । सरसफाई कार्यक्रममा वुल्र्स ऐलेभेनका अभियानकर्ता सहित चन्द्र मेमोरियल वोडिगं स्कुलका विद्यार्थीको सहभागिता रहेको समेत राईले वताए । वुल्र्स ऐलेभेनले इटहरी क्षेत्रमा सरसफाई ,वृक्षारोपण लगायतका सामाजिक कार्यमा महत्वपुर्ण भुमिका खेल्दै आएको छ ।