विराटनगर । वालमैत्री सिकाईसंगै पर्यावरणीय प्रभावलाई मध्यनजर गर्दै वालवालिकाको शारिरिक तथा मानसिक विकासका लागि खोज तथा अनुसन्धान गर्नु पर्ने विराटनगरमा आयोजित एक कार्यक्रमका अतिथीहरुले जोड दिएका हुन ।   पूर्वाञ्चल विश्वविद्यालयको शिक्षा संकायद्धारा विराटनगरमा आयोजना गरिएको नेपालमा प्रारम्भिक वालविकास इकोसिस्टमको परिकल्पना विषयक गोष्टिका सहभागी अतिथीहरुले पर्यावरणीय प्रभावका विषयहरु वाल विकास सम्वन्धी सिकाईमा समावेश गर्नु पर्नेमा जोड दिएका हुन ।IMG_20241208_202556

  दुई दिन सम्म सञ्चालन भएको गोष्टि वाल विकास सम्वन्धी पूर्वाञ्चल विश्वविद्यालय घोषणा पत्र जारी गर्दै सकिएको छ । पूवाञ्चल विश्वविद्यालयले जारी गरेको ४ वुदेँ घोषणा पत्रमा  संघीय, प्रादेशिक र स्थानीय सरकार तथा विभिन्न संघ-संस्थाहरूसँग सहकार्य गरी प्रारम्भिक बाल विकास सम्बन्धी प्राज्ञिक एवं अनुसन्धानात्मक कार्यको नेतृत्व लिने।               प्रारम्भिक बालविकासको बहुआयामिक पक्षलाई प्राथमिकता दिँदै नीति एवं कार्यक्रमिक पक्षमा वकालत तथा सहकार्य गर्ने । प्रारम्भिक बाल विकास सम्बन्धी नवीनतम सोच, प्रविधि, र ज्ञानको प्रबर्द्धन गर्न स्नातक, स्नातकोत्तर, एमफिल तथा पीएचडी लगायतका शैक्षिक कार्यक्रमहरू मार्फत दक्ष मानवश्रोत विकासमा अग्रणी भूमिका खेल्ने  सहित  विश्वविद्यालयमा एक अन्तर्राष्ट्रियस्तरको प्रारम्भिक बालविकास सम्बन्धी अनुसन्धान केन्द्र स्थापना गर्ने रहेका छन ।IMG_20241208_202619

  प्रारम्भिक वाल विकास सम्वन्धी विषयलाई समावेश गरिएको यस प्रकारको अन्तराष्ट्यि स्तरको कार्यक्रम नेपालमा पहिलो पटक आयोजना गरिएको प्रारम्भिक वाल विकास विशेषज्ञ मिनाक्क्षी दाहालले वताइन । उनले प्रारम्भिक वाल विकास भन्नाले वाल सिकाई , स्वास्थ्य , पोषण वुझिदै आएकोमा अब देखि जलवायु परिवर्तन लगायतका वालवालिकाहरुको विकाससंग जोडिने विषयवस्तुहरुलाई समेटिनु पर्नेमा जोड दिइन ।

कार्यक्रममा पूवर्ाञ्चल विश्वविद्यालयका रजिष्टार निलमणी पोखरेलले वालवालिको सिकाईलाई पनि समयानुकुल प्रविधि मैत्री वनाउदै लानु पर्नेमा जोड दिए । उनले वालविकासका विषयलाई पूर्वाञ्चल विश्वविद्यालयले प्राथमिकतामा राख्ने समेत जानकारी गराए ।

कार्यक्रम सुनसरी र मोरङ जिल्लाका विभिन्न स्थानिय तहहरुको  सहकायमा सम्पन्न भएको थियो ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उदघाटन गरेको गोष्टिमा भारत, वंगलादेश ,श्रीलंका सहित अन्य दक्षिण एशियालका देशहरुका समेत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

बाल विकासका नयाँ प्रविधि र विधिहरू समेतका विषयमा छलफल गरिएको कार्यक्रम प्रभावकारी भएको कार्यक्रममा सहभागी इटहरीको किट्स हेप्पी होमकी प्रिन्सिपल रिता आचार्यले वताइन  ।

वाल विकासका क्षेत्रका सरोकार राख्ने देश विदेशका ५सय जना बढीको गोष्टिमा सहभागिता रहेको थियो ।