इटहरी । पुर्वी नेपालमा रहेका समता स्कुलहरुले मौलिक पहिरन उत्सव २०८१ सम्पन्न गरेको छ ।

 परम्परा र पहिचानः सांस्कृतिक पहिरनको सम्मान भन्ने नारा सहित समता स्कुल पूर्वी कन्सर्टियमको अग्रसरतामा पूर्वी नेपालमा सञ्चालित समता स्कुलहरूले मौलिक पहिरन उत्सव २०८१ आयोजना गरेका हुन ।

पहिरन उत्सवमा विद्यार्थीहरू आफ्ना जातिय पहिरन सहित प्रतिनिधित्व गर्ने मौलिक पोशाकमा विद्यालय उपस्थित भएका थिए। समता पूर्वी कन्सर्टियमका प्रमुख सन्तोष श्रेष्ठले यस उत्सवको उद्देश्य नेपाली मौलिक पोशाकको प्रवर्द्धन गर्दै विविधतामा एकताको सन्देश प्रवाह गर्नु रहेको जानकारी दिए । उनले इटहरीसहित पूर्वी नेपालका अन्य समता स्कुलहरूले पनि एउटै मितिमा हरेक वर्ष यो उत्सव मनाउने गरेको समेत वताए ।

यस अवसरमा विद्यार्थीहरुले साकेला, सेलो, धिमे लगायतका विविध सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।