इटहरी । वालवालिकाको क्षेत्र साथै अन्य सामाजिक कार्यमा समेत सक्रिय रहदै आएको किवानिस क्लव अफ इटहरीको ७औं पदस्थापना एक कार्यक्रमका विच सम्पन्न भएको छ ।
हरेक एक वर्षमा नयाँ कार्य समिति चयन गर्दै सामाजिक कार्यमा सक्रिय रहने किवानिस क्लव अफ इटहरीको निश्चल खुलालको अध्यक्षतामा गठन भएको नयाँ कार्य समितिको पदस्थापना गरिएको हो ।
होटल इन्टुरिष्ट प्यालेसमा भएको पदस्थापना कार्यक्रममा प्रस्तावित अध्यक्ष श्रद्धा विष्ट , सचिव रमेश विक,बासुदेब याख्खा,चन्द्रमणी मोक्तान,दुर्लभ कार्की लगायतको पदस्थापना गरियो । जस मध्ये केही पदहरु नयाँ अध्यक्ष चयन गर्ने व्यवस्था रहेको छ ।
यसै विच पदस्थापना कार्यक्रमकी अध्यक्ष समेत रहेकी निवर्तमान अध्यक्ष मनिता तामागंले आफनो कार्यकालको प्रतिवेदन प्रस्तुत गरेकी थिइन । 
जसमा इटहरीमा राष्ट्रिय सम्मेलन आयोजना गर्न सफल भएको देखि लिएर भोजपुर सम्म पुगेर वालवालिकाहरुलाई स्टेशनरी ,खेलकुद सामाग्री लगायत वितरण गरिएको र इटहरीमा रहेको निःसाहय वालवालिका सेवा आश्रममा रहेका वालवालिकाहरुलाई स्टेशनरी , लत्ताकपडा वितरणका साथै समय समय वृक्षारोपण रक्तदान गरिएको समेत उल्लेख गरिन ।

सोही कार्यक्रममा क्लबले गरेको सामाजिक कार्यको प्रचार प्रसार गरी महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै सप्तकोशी टेलिभिजनका संचालक दिपक कार्की सम्मान गरिएको छ । 
त्यस्तै विभिन्न गतिविधी संचालनमा सहयोग गर्ने किवानिस क्लव अफ इटहरीकी उपाध्यक्ष श्रद्धा विष्ट,चन्द्रमणी मोक्तान, पुर्व अध्यक्ष रोहित किरण पराजुली, उद्योग वाणिज्य सघ इटहरी अध्यक्ष जिवन पराजुली , किवानिस क्लव अफ धरानका सचिव सामाजिक सेवामा योगदान पुर्याउने निश्चल पलिखेलाई समेत सामाजिक सेवाका क्षेत्रमा महत्वपुर्ण योगदान गरेको भन्दै सम्मान गरियो ।
सर्वसम्बत चयन भएका पदाधिकारीहरु लाई पदस्थापना कार्यक्रमका प्रमुख अतिथी किवानिस क्लवका लेप्टिनेन्ट गर्भनर विकास बजगाईले सपथ खुवाएका थिए ।




















