इटहरी । पछिल्लो समय इटहरी क्षेत्रमा सवारी दुर्घटनाहरु बढी रहेको तर्फ मध्यनजर गर्दै इटहरी उपमहानगरपालिकाले ट्राफिक प्रहरी संग समन्वय गरेर सवारी दुर्घटना नियन्त्रणका लागि अभियान सुरु गरेको छ ।
उपमहानगरपालिकाको समन्वयमा ट्राफिक प्रहरी,नेपाल प्रहरी र नगर प्रहरी सहितको सहभागितामा सवारी साधन दुर्घटना न्युनिकरणका लागि सामुदायिक तथा निजी विद्यालयका सवारी साधानहरुको स्थलगत अनुगमन थालेको हो ।
यही क्रममा आज नगरप्रमुख हेमकर्ण पौडेल नेतृत्वको टोलीले इटहरी क्षेत्रमा चल्ने विद्यालयहरुका सवारीहरुको अवस्था, चालकको सवारी चालक अनुमति पत्र लगायतका विषय केन्द्रित अनुगमन गरेको छ ।
विद्यालयका सवारीहरुको अनुगमन गर्ने क्रममा केही सवारीहरुको नविकरण समेत फेल भएको, केहीको चालकहरुको चालक अनुमति पत्र नभएको कतिपयको नविकरण नभएको र सिटको क्षमता भन्दा बढी विद्यार्थीहरु बोकेको पाइएको उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले जानकारी दिए ।
उनले विद्यार्थी वोक्ने सवारीहरुले कोचाकोच विद्यार्थी वोक्ने ,सवारी जिर्ण भईसकेको अवस्था पनि सञ्चालन गराई रहेको तर्फ मध्यनजर गर्दै दुर्घटना नियन्त्रणका लागि यस प्रकारको अभियान थालिएको जानकारी दिए ।
सवारी दुर्घना न्युनिकरणका लागि कठाई गर्नु पर्ने अवस्था रहेका कारण पनि उपमहानगरपालिकाले जनचेतना र सवारी सञ्चालन गर्ने विद्यालयहरुलाई सजकताका लागि पनि सवारी अनुगमन गरिएको उपमहानगरपालिका प्रवक्ता दिवस पोखरलले वताए । उनले सवारी दुर्घटना नहोस भन्नका लागि उपमहानगरपालिकाले अभियान थालेको जानकारी गराए ।
नियम विपरित संचालन गरेको १२ बटा सवारी साधनलाई ट्राफिक प्रहरी नियन्त्रणमा लिएर कावार्ही गरेको थियो ।
९ वर्ष देखि नविकरण नगरेको चालकको सिट बेल्ट विग्रिएको सिटको क्षमता भन्दा बढी विद्यार्थी बोकेको र कागज पत्र नबोकेको लाई नियन्त्रणमा लिइ नविकरण गराई जरिमाना लिएर छोडेको ट्राफिक प्रहरीले जानकारी दिउको छ ।
पछिल्लो केही साता यता देखि इटहरी तथा आसपासका क्षेत्रहरुमा साना ठुलो सवारी दुर्घटना हुने क्रम वढी रहेको पाइएको छ ।