इटहरी । होटल व्यवसायी महासंघ कोशी प्रदेशका लागि हालै भएको निर्वाचनबाट निर्वाचित होटल व्यवसायीहरुलाई इटहरीमा स्वागत तथा सम्मान गरिएको छ ।
जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीले वधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरी नव निर्वाचित होटल व्यवसायीमहा संघ कोशी प्रदेशका पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरेको हो ।
इटहरीको दुर्गा पाटी प्यालेसमा एक कार्यक्रमको आयोजना गरि जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीले कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्ष २०८२लाई सफल वनाउन प्रदेश सरकारले चयन गरेका सहसंयोजकद्धय भविषकुमार श्रेष्ठ र कृष्ण शाहलाई समेत सोही अवसरमा सम्मान गरेको छ ।
जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजवहादुर पुरी लगायतले पर्यटन वर्ष २०८२का सहसंयोजकद्धय श्रेष्ठ र शाह सहित होटल व्यवसायी महासंघ कोशी प्रदेशका नव निर्वाचित अध्यक्ष लगायतलाई सम्मान गरेका हुन ।
सो अवसरमा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजवहादुर पुरीले प्रदेशमा निर्वाचित तथा प्रदेश सरकारले चयन गरेका पर्यटन वर्षका सहसंयोजकहरुलाई होटल तथा पर्यटन क्षेत्र लागि महत्वपुर्ण भुमिका खेल्न आग्रह गर्दै वधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।
होटल व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष रविन गौतमको प्रमुख आतिथ्य रहेको वधाई तथा शुभकामना कार्यक्रममा पर्यटन वर्ष २०८२ कोशी प्रदेशका सहसंयोजकद्धय भविषकुमार श्रेष्ठ ,कृष्ण शाह होटल व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष राजन दंगाल ,बरिष्ठ उपाध्यक्ष महेन्द्र ढुंगाना,उपाध्यक्ष गोविन्द थापा , सचिव रमेश श्रेष्ठ , कोषाध्यक्ष इन्दिरा श्रेष्ठ ,खिल कुमार सुवेदी , सदस्यहरु उमेश दाहाल , पुनम थापा मगर ,केशब गिरी लगायतलाई सम्मान सहित सफल कार्यकालका लागि शुभकामना व्यक्त गरियो ।