इटहरी । सडक सुरक्षा तथा सवारी दुर्घटनाका समयमा उद्धार गर्ने विषय केन्द्रित सुनसरीको इटहरीमा सञ्चालित दुई दिने तालिम सम्पन्न भएको छ ।

रोटरी क्लव अफ काठमाडौ सर्कल र रोटरी क्लव अफ इटहरीको संयुक्त आयोजनामा इटहरी उपमहानगरपालिका नगर प्रहरी तथा वारुण यन्त्रका कर्मचारीहरुको सहभागिता रहेको तालिम उद्धारको कृतिम अभ्यास सहित समापन भएको हो ।

 पछिल्लो समयमा वढी रहेको सवारी दुर्घटनालाई मध्यनजर गर्दै  जनधनको क्षति नहोस भन्नका लागि आयोजना गरिएको तालिममा दुर्घटना भएको समयमा कसरी उद्धार गर्ने विषयवस्तुहरु तालिममा समावेश गरिएको थियो ।WhatsApp Image 2024-12-03 at 17.33.12

 १५ जनाको सहभागिता रहेको तालिममा अरुण शैजुले प्रशिक्षण गराएका थिए । 

तालिम समापनपछि कृतिम अभ्यास गरी दुर्घटना भएको समयमा सवारीका साधनहरुवाट उद्धार गर्ने सामाग्री, आगो नियन्त्रण गर्ने ग्यासँ सिलिण्डर , आगो नलाग्ने ज्याकेट लगायतका ४०लाख बढीका सामाग्रीहरु इटहरी उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।  WhatsApp Image 2024-12-03 at 17.33.14

इटहरी क्षेत्रमा सवारी दुर्घटना भएको खण्डमा तत्काल उद्धार गर्न सक्ने जनशक्ती तयार पार्ने उद्धेश्यले तालिमको आयोजना गरिएको तथा आवश्यक सामाग्रीका लागि उद्धार सामाग्री उपमहानगरपालिकालाई उपलव्ध गराइएको कार्यक्रमका अध्यक्ष कृष्ण राज श्रेष्ठ रोटरी क्लव अफ इटहरीका पुर्व अध्यक्ष लक्ष्मि धितालको संयोजकत्वमा भएको तालिमको अध्यक्षता रोटरी क्लव अफ इटहरीका अध्यक्ष कृष्णराज श्रेष्ठको रहेको थियो भने प्रमुख आतिथ्य इटहरी उपमहानगरपालिका उपप्रमु्ख संगिताकुमारी चौधरीको रहेको थियो ।