मोरङ । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमोनारायण माझी विजयी भएका छन् । 

नवनिर्वाचित अध्यक्ष माझीका समर्थकहरू र स्थानीय जनताहरुले आफ्नो उत्साह र खुशीयाली प्रकट गर्नका लागि निकालिएको विजय जुलुसमा स्थानिय जनताको बाक्लो सहभागिता रहेको थियो ।

चुनावमा विजयी भएपछि ग्रामथान गाउँपालिका एक नम्बर वडामा रहेको धार्मिक स्थल राम जानकी मन्दिरको दर्शन गर्दै ग्रामथानका घर घरमा पुगेर आशिर्वाद लिदै नवनिर्वाचित अध्यक्ष नमोनारायण माझीले पालिका मा पदभार गरेपछि, शिक्षा, स्वास्थ्य, र अन्य विकास क्षेत्रमा महत्त्वपूर्ण कामहरु गर्ने तथा जनतालाई आस्वस्त र संतुष्ट बनाउने काम पुरा गर्नका लागि महत्त्वपूर्ण प्रयास रहने बताए   । WhatsApp Image 2024-12-02 at 17.58.18

माझीले ६ हजार ९ सय ६९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम्  प्रतिस्पर्धी नेपाली कांग्रेसका बलराम सरदार थारूले ५ हजार ३ सय ३३ मत प्राप्त गरेका थिए । 

त्यस्तै तेस्रो स्थानमा रहेका तुलसी राम विश्वासले ४ हजार १ सय ५९ मत ल्याउँदा राप्रपाका दिनेशकुमार थन्दारले ५ सय ५५ मत ल्याए । 

त्यस्तै  रास्वपाबाट उम्मेदवार बनेका नबिन कुमार बिश्वास खवासले ३७५ मत प्राप्त गरे ।  २०७९ को स्थानीय तह निर्वाचनमा यस पालिकाको अध्यक्षमा कांग्रेस विजयी भएको थियो ।  नेपाली  कांग्रेसबाट निर्वाचित जयप्रकाश गच्छदारको निधनपछि उपनिर्वाचन भएको हो ।