सुनसरी । भु क्षेत्र वर्गिकरण तथा कार्यन्वयन स्थानियतह सहजिकरण कार्यक्रम सम्पन्न गरेको छ । 

रामधुनी नगरपलिकाको आयोजनामा भएको ५ दिने  नगरपालिका र वडा कार्यलयका कर्मचारीहरुका लागी भु क्षेत्र वर्गिकरण सम्बन्धी जि आइ एस तालिमको आयोजना गरेको हो । 

पालिकामा आउने सेवा ग्राहीहरुका लागी सहज सुलभ तरिकाले सेवा प्रदान गर्दे उदेश्यले कम्प्युटर मार्फत  क्षेत्र वर्गिकरण गर्न सहज होसभन्ने उदेश्यले तालिमको आयोजना गरेको रामधुनी नगरपलिक नगर प्रमुख शंकरलाल चौधरीले बताए । 

 मंसिर १२ गते बाट सुरु भएको ५ दिने तालिम सोमबार समापन गरिएको छ । vlcsnap-2024-12-02-16h25m52s342

तालिम  प्रदान गरेका कर्मचारीहरु बाट भु क्षेत्र वर्गिकरणका कामलाई प्रभावकारी तरिकाले सेवाग्राहीहरु लाइ सेवा प्रदान गर्न सहज हुने रामधुनी नगरपलिककी उप प्रमुख तारा थापाले बताइन । 

नगर पालिका र वडा कार्यलयका २५ जना कार्मचारीहरु सहभागिता रहेको तालिममा नापी कार्यलय सुनसरीका प्रमुख हरेराम यादब ,नापी अधिकृत भुषण देव र सर्वेयर विनोद यादवले प्रशिक्षण दिएका थिए । WhatsApp Image 2024-12-02 at 14.45.10

पालिकामा आउने सेवाग्राहीका लागी कृषी,आवसिय,उद्योगिक,सास्कृतिक लगायतका भुमी संम्बन्धी १० वटा बर्गको वर्गिकरण गर्न सहजहोस भनेर पहिलो पटक तालिम प्रदान गरी कम्प्युटर मार्फट  पालिकाले संचालनमा ल्याएको भु वर्गिकरण शाखा प्रमुख सुमन पौडेलले जानकारी दिए । 

यो सेवाले  भु क्षेत्रहरूको विस्तृत डेटा संग्रह गर्न  जि आइ एस तालिम प्राप्त गरेका कर्मचारीहरूले भु क्षेत्र वर्गीकरणको काममा नागरिकहरूलाई प्रभावकारी सेवाहरू प्रदान गर्न र नगर विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने छ।