पर्सा । अहमदिया मुस्लिम जमात नेपालले सबैलाई प्रेम गरौं , कसैलाई घृणा नगरौं भन्ने मुल्य मान्यताका साथ पर्सा जिल्लाको बिन्दुवासनी गाउँपालिका वडा नम्बर ५ प्रसौनी भाठामा भएको अहमदिया मुस्लिम जमात नेपालको ९ औं वार्षिक सम्मेलन,जलसा सलोना विविभ कायृक्रम गरी सम्पन्न गरेको छ ।
महोमद नसिम खानको सभापतित्व तथा मुस्लिम जमात नेपालका अध्यक्ष मुइन अहमद साहबको प्रमुख आतिथ्यमा उद्धाटन भएको थियो ।
अहमदिया मुस्लिम समाज नेपालले लोककल्याणकारी कार्यमा पनि महत्त्वपूर्ण भुमिका निर्वाह गरिरहेको छ ।
जमातले कोरोना कालको कहर देखि भुकम्प पीडित लगायत शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा समाजले महत्वपुर्ण भुमिका निर्वा गर्दै आएको कार्यक्रमका आयोजक सदस्य तथा झापा जिल्ला इन्चार्ज नईम अहमदले जानकारी गराए ।
दुई दिन सम्म संचालन भएको अहमदिया मुस्लिम जमात नेपालको ९ औं वार्षिक सम्मेलनले आम जनसमुदायमा शान्ति र भाइचाराको सम्बन्ध प्रगाढ बनाउने कार्यक्रमका सहभागीहरुले बताएका थिए ।
कार्यक्रममा जलसा सालना अफिसर डाक्टर महमोद स्माईल, अहमदिया युवा जमात नेपालका अध्यक्ष सलिम अहमद तथा समाजवसेवी, बुद्धिजीवी, जनप्रतिनिधि लगायतको भब्य सहभागीता रहेको थियो ।