इटहरी । आई डि बि ग्लोवल इटहरीले  प्रथम फिनिस शिक्षा मेला (युरोप शिक्षा मेला ) आयोजना गर्ने भएको  छ। 

यहीँ डिसेम्बर २, सोमबार, इटहरीको आइतबारे स्थित विश्व आदर्श कलेज नजिकै रहेको आफ्नै कार्यालयमा हुने  ऐतिहासिक मेलाले विद्यार्थीहरूलाई फिनिस विश्व विद्यालयका प्रतिनिधि र युरोपेली उद्योग विशेषज्ञहरूसँग प्रत्यक्ष सम्पर्क गराई फिनल्यान्ड, डेनमार्क, स्वीडेन, जर्मनी, पोल्याण्ड तथा अन्य प्रमुख युरोपेली देशहरूमा उच्च शिक्षाका लागी  अवसरहरूको खोजी गर्न सहयोग पुर्‍याउने लक्ष्य सहित मेलाको आयोजना गर्न लागिएको हो । 

विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट, सही अध्ययन कार्यक्रम र करियर पथ चयनमा युरोपेली विशेषज्ञहरूको मार्गदर्शन, आवेदन प्रक्रिया, छात्रवृत्ति, र भिसा प्रक्रियाबारे जानकारी दिइने छ । 

यो मेला विशेषतः व्यवस्थापन, इन्जिनियरिङ, सूचना प्रविधि, रोबोटिक्स, कृषि लगायतका विविध क्षेत्रमा रुचि राख्ने विद्यार्थीहरूका लागि उपयोगी छ। स्नातक र स्नातकोत्तर दुवै तहका कोर्सहरू निजी र सार्वजनिक विश्व विद्यालयहरूमा उपलब्ध छन्।

विदेशमा अध्ययन गर्ने, विशेष गरी फिनल्यान्डमा उच्च शिक्षा हासिल गर्ने लक्ष्य राख्ने विद्यार्थीहरूले आफ्नो शैक्षिक र व्यावसायिक सपना पूरा गर्ने यो सुनौलो अवसर गुमाउन नहुने आयोजकले जानकारी दिएको छ।