इटहरी । दुई दशक अघि देखि पुर्वी नेपालको इटहरीमा रहेर शैक्षिक गतिविधिहरु सञ्चालन गर्दै आएको विश्व आर्दश कलेजले पहिलो अनुसन्धान मुलक पुस्तक प्रकासन गरेको छ ।

    शैक्षिक तथा अतिरिक्त क्रियाकलापका कारण इटहरीमा रहेर महत्वपुर्ण पहिचान वनाएको विश्व आर्दश कलेजले पुर्वाञ्चल विश्व विद्यालयका उपकुलपति विजुकुमार थपलियाको प्रमुख आतिथ्यमा पहिलो अनुसन्धान मुलक पुस्तक विमोचन गरेको हो ।

विगत २१ वर्ष देखि इटहरीमा रहेर अध्ययन अध्यापन गराउदै आएको विश्व आर्दश कलेजले स्थानीय क्षेत्रका वहु विषयहरुलाईको अध्ययन अनुसन्धान गरि अनुसन्धान मुलक जर्नल विश्व आर्दश कलेजले प्रकासनमा ल्याएको कलेजका प्राचार्य गणेशकुमार दुलालले वताए । उच्च शिक्षा अध्ययनका लागि अनुसन्धान महत्वपुर्ण हुने तर्फ मध्यनजर राखेर विश्व आर्दश कलेजले स्थानीय स्तरमा विभिन्न विषयहरुको अनुसन्धान गरी पुस्तक तयार पार्ने कार्यलाई निरन्तरता दिने समेत जानकारी गराए ।WhatsApp Image 2024-11-30 at 17.11.09

इटहरी तथा आसपासका क्षेत्रहरुलाई समेटेर अनुसन्धान गरी अनुसन्धान मुलक पुस्तकहरु प्रकासन गर्ने कार्यले यस क्षेत्रका विभिन्न विषयहरु जनकारी लिन तथा आगामी दिन अझ राम्रो वनाउनका लागि समेत अनुसन्धान र अनुसन्धान मुलक पुस्तकले महत्वपुर्ण भुमिका खेल्ने कार्यक्रमका अतिथीहरुले जोड दिएका थिए ।

  शिक्षाका लागि अनुसन्धान महत्वपुर्ण हुने भएकाले विश्व आर्दश कलेजले अनुसन्धानलाई जोड दिदै पहिलो पुस्तक प्रकासनमा ल्याएको कलेजका आरएमसी कोर्डिनेटर गुणराज नेपालले जानकारी दिए । उनले विश्व आर्दश कलेजले प्रकासनमा ल्याएको पहिलो अनुसन्धान मुलक पुस्तकको विमोचनका क्रममा आगामी दिनमा अनुसन्धानलाई कसरी अगाडी वढाउने भन्ने विषयमा समेत छलफल भएको वताए ।

WhatsApp Image 2024-11-30 at 17.11.08

विश्व आर्दश कलेजका अध्यक्ष लेखनाथ घिमीरेको अध्यक्षतामा विमोचन गरिएको  अनुसन्धान मुलक जर्नल जोभाको विमोचन कार्यक्रममा पुर्वाञ्चल विश्व विद्यालयका  डा.डिल्ली प्रसाई , डा.जीवन प्रसाद ढकाल , सुषमा गोदावरी कलेज इटहरीका प्राचार्य बोधराज नेपाल , इटहरी नमुना कलेजका प्राचार्य धर्म न्यौपाने,जनता बहुमुखि क्याम्पस संचालक समिती अध्यक्ष विकास केसी लगायतका शैक्षिक क्षेत्रमा आवद्धहरुको सहभागिता रहेको थियो ।