इटहरी । अव्यवस्थित पार्किगंका कारण व्यापार व्यवसाय प्रभावित भई रहेको तर्फ मध्यनजर गर्दै इटहरी उपमहानगर पालिकाले पार्किगं व्यवस्थित गर्ने कार्यलाई निरन्तरता दिदै आएको छ ।

  पछिल्लो समय इटहरी उपमहानगरपालिका वडा नम्बर ६मा पर्ने आइतवारे तथा संगित चोक क्षेत्रलाई लक्षित गरी सडकको एकातर्फ पाकिगं गर्ने व्यवस्था मिलाउन थालिएको हो । पार्किगं व्यवस्थित नभएका कारण जथाभावी रुपमा पार्किगं गर्ने कार्यले व्यापार व्यवसायलाई प्रभाव पार्ने साथै आवतजावतमा समेत समस्या हुदै आएको तर्फ मध्यनजर गर्दै एकातर्फी पार्किगंको व्यवस्था मिलाउन थालेको वडा नम्बर ६का वडाध्यक्ष दिवस पोखरेल वताउछन । वडाले पार्किगंलाई व्यवस्थित वनाउने कार्यलाई निरन्तरता दिने वताउदै उपमहानगरपालिकाले तय गरेको पार्किगंमा सवारी पार्किगं नगरे कारवाही गरिने समेत वडाध्यक्ष पोखरेलले जानकारी गराए ।468622184_586349387406417_4547732074405091079_n

विगतमा पार्किगं व्यवस्थित नभएका कारण बजार क्षेत्र भएपनि यस क्ष्ोत्र अस्तव्यस्त रहदै आएको थियो । उपमहानगरपालिका तथा वडाले पार्किगंलाई व्यवस्थित वनाउने कार्यको थालनीले व्यापार व्यवसायका लागि सहज हुन थालेको सामिजक अभियान्ता राजु केसी वताउछन । वडाले पार्किगंको व्यवस्था मिलाएर सडक क्षेत्रमा सहज रुपमा आवतजावत गर्न सक्ने वनाइएकाले सहज भएको समेत उनले जानकारी दिए ।  

आजा आइतबारे लाइनमा बुल्स एलेभेन क्लबको सहयोगमा सडक छेउमा मार्किगको काम गरिदै आएको छ ।  

पुर्वको दोस्रो ठुलो सहरका रुपमा रहेको इटहरीको व्यस्त बजार क्षेत्रहरु व्यवस्थित पार्किगं नभएका कारण अस्थवस्थ देखिदै आएका थिए भने आवतजावतमा समेत समस्या हुदै आएको थियो ।