मोरङ । आज वालाचतुदर्षी पितृहरु उद्धारको कामना गर्दै धार्मिक क्षेत्रहरुमा शतवीज छरियो ।
पितृहरुको उद्धार हुने विश्वास साथ पुर्वी नेपालको सुनसरी र मोरगंको संगम स्थलमा रहेको धार्मिक महत्व बोकेको वृद्धगंगा नदी तटमा रहेको नयाँ वृन्दावन गौशाला सहित धार्मीक स्थलहरुमा आज हिन्दु धर्मालम्वीहरुले शतवीज छरेका हुन ।
मोरगंको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ५मा रहेको वृद्धगंगा नदी तटमा रहेको नयाँ वृन्दावनमा केही वर्ष यता देखि बालाचतुदर्शीका दिन सतवीज छर्ने व्यवस्था मिलाएपछि हरेक वर्ष सतवीज छर्ने भक्तजनहरुको संख्या बढी रहेको गौशालाका संरक्षक महामण्डलेश्वर दिनवन्धु शास्त्रीले वताए ।
उनले धार्मिक मान्यता अनुसार सतवीज छर्दा जमिन भएको ठाउँमा छर्नु पर्नेमा जोड दिए यसरी छरिने अगंहरु केही उम्रिने तथा केही चराचुरुगीं गाइवस्तुहरुले खान पाउन भन्ने उद्धेश्य राख्नु पर्ने समेत जानकारी गराए ।
नयाँ वृन्दावनमा बालाचतुदर्शीका दिन सतवीज छर्ने व्यवस्था मिलाएपछि हरेक वर्ष सतवीज छर्न आउने भक्तजनहरुको संख्या वढी रहेको छ । यस वर्ष पनि विहानै देखि सतवीज छर्न ठुलो संख्यामा भक्तजनहरु नयाँ वृन्दावन तथा वृद्धगंगा नदी तटमा पुगेका थिए । बालाचतुदर्शीका दिन सतवीज छरे पितृहरुको वैकुण्ठमा वास हुने विश्वासले सतवीज छर्न आएको इटहरीकी कौशिला श्रेष्ठ वताउछिन ।
कौशिला जस्तो सतवीज छर्न आएकी अर्की भक्तजन पुनम खड्का पनि धार्मिक महत्व बोकेको वृद्धगंगा क्षेत्रमा सतवीज छर्नाले पितृहरुको वैकुण्ठमा वास हुने विश्वासका साथ आएको वताछिन ।
सतवीज छर्न आउने भक्तजनहरुलाई लक्षित गरी नयाँ वृन्दावनमा प्रसादी सहित खानेपानी र चियाको व्यवस्था नयाँवृन्दावन गौशालाले गरेको गियो । नयाँ वृन्दावनका साथै पुर्वी नेपालमा सुनसरीको बराहक्षेत्र , पिण्डेश्वर ,रामधुनी , खोटागंको हलेसी महादेव , झापाको अर्जुनधारा ,सतासी लगायतका मठमन्दिरहरुमा विहानै देखि दिगवंत पितृको उद्धारको कामना गर्दै शतविज छर्नेहरुको घुईचो लागेको थियो ।
आफना पितृको स्मरण गर्दै पितृ उद्धरको कामना साथ बालाचतुदर्सीको अघिल्लो दिन मंसिर कृष्ण त्रयोदसीका दिन मठमन्दीरहरुमा दिपप्रज्वलन गरि रातभर जाग्राम वस्ने र चर्तुदर्सीका दिन शतविज छर्ने गरीन्छ ।
वालाचतुदर्शीका दिन विशेष गरी शिवालयहरुका साथै अन्य धार्मीक मठमन्दिर क्षेत्रमा समेत धान,जौ,गहँु ,चना, तिल, कागुनु र मकैका विउहरु छर्ने गरिन्छ ।




















