इटहरी । लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत महिला जनप्रतिनिधिहरुका लागि अनलाइन साइबर कानूनी साक्षरता कार्यशाला इटहरीमा सम्पन्न भएको छ ।
हामी सवैको प्रतिवद्धता लैङ्गिक हिंसा अन्त्यको लागि एक्यवद्धता“ भन्ने नारा सहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान संचालन भइरहदा इटहरीमा भ्वाईस अफ चिल्ड्रेनको आयोजनामा इटहरी उपमहानगरपालिकाका २० वटै वडाका महिला जनप्रतिनिधिहरुका लागि अनलाईन बाट हुने साइभर अपराध सम्बन्धी कानूनी साक्षरता कार्यशाला आयोजना गरिएको हो ।
यस कार्यशालामा ४० जना महिला जनप्रतिनिधिहरुको सहभागितामा भएको कार्यशालामा विशेषगरी महिलाहरूसँग सम्बन्धित अनलाइन हिंसा र साइबर अपराधका विभिन्न आयामहरू र त्यसका कानूनी उपायहरूको विषयमा अधिवक्ता सारदा प्रसाद अधिकारीले प्रस्तुतिकरण गरेका थिए ।
कार्यक्रमकी प्रमुख अतिथी इटहरी उपमहानगर पालिकाकी उप प्रमुख संगिता कुमारी चौधरीले यो कार्यक्रम “भ्वाईस अफ चिल्ड्रेनले आयोजना गरेको लैङ्गिक हिंसा, साइबर कानूनी साक्षरताले सुधार ल्याउनका लागि यस प्रकारको प्रशिक्षण थप उपलब्धी हुने बताइन ।
महिलाहरुलाई अनलाइन उत्पीडन, साइबर क्राइम, ह्याकिङ, र अनलाइन रूपमा हुने लैङ्गिक हिंसाका बारेमा सचेत गराउँदै, यसका कानूनी उपचार र पीडितलाई सहायता पु¥याउने अधिकार सम्बन्धी जानकारी दिने उदेश्यले कार्यक्रमको आयोजना गरेको आयोजना गरिएको भ्वाइस अफ चिल्ड्रेनकी कार्यक्रम अधिकृत लिला भुजेलले जानकारी गराइन ।
इटहरी उपमहानगरपालिकाको समन्व तथा र जर्मन कर्पोरेसन र किन्दर नट हिलोफको सहयोग रहेको थियो ।
कार्यशालामा सहभागी महिला जनप्रतिनिधिहरुले अनलाइन हिंसा लगायतका विषयमा आवश्यक कानूनी कदमहरूको बारेमा स्पष्ट जानकारी प्राप्त गरेको सहभागीहरुले बताएका छन ।