इटहरी ।  समता स्कुलको आयोजनामा इटहरीमा समता साहित्यिक उत्सव भव्य रूपमा सम्पन्न भएको छ । 

यस उत्सवले पूर्वी नेपालका साहित्यिक गतिविधिहरूलाई थप उचाइ प्रदान गर्दै विद्यार्थीहरूलाई साहित्यिक चेतनाको विकासमा प्रोत्साहन पु¥याउने भएकाले प्रत्यक वर्ष पूर्वका स्थापित साहित्यिक सर्जकहरू, समता स्कुलका विद्यार्थी, शिक्षक, र विभिन्न क्षेत्रका साहित्यप्रेमीहरूको सहभागितामा आयोजना गरिदै आएको हो । 

उत्सवमा पूर्वका विभिन्न स्थानमा सक्रिय करिब ५० भन्दा वडी स्थापित सर्जकहरूको उपस्थिति रहेको थियो । 

उनीहरूले आफ्ना मौलिक रचनाहरू प्रस्तुत गर्दै साहित्यिक सन्देश कविताहरू, निबन्ध लघु कथा लगायतका  अन्य रचना मार्फत कार्यक्रममा प्रस्तुत गरेका थिए । IMG-20241129-WA0083

उत्सवको प्रमुख आकर्षणका रूपमा कवि मनु मञ्जिलको मन्तव्य रहेको थियो। उनले आफ्नो सम्बोधनमा साहित्यमा नयाँ पुस्ताको रुचि विकास गर्नका लागि निरन्तर अभ्यास र अध्ययनको आवश्यकता रहेको औँल्याए। 

उनका विचारले कार्यक्रममा उपस्थित विद्यार्थी र सर्जकहरूलाई थप प्रेरित गरेको थियो ।FB_IMG_1732890224893

सहभागी साहित्यकाहरुले समता स्कुलले साहित्य र शिक्षालाई एकसाथ अघि बढाउन गरेको प्रयासको प्रशंसा गर्दै विद्यालयको योगदानबारे चर्चा गरेका थिए । कार्यक्रमको अर्को आकर्षण विद्यार्थीहरूद्वारा प्रस्तुत गरिएका नृत्य र सांस्कृतिक कार्यक्रमले अझ आकर्षक बनाएको थियो । 

विद्यार्थीहरूले नेपाली साहित्य र संस्कृतिलाई झल्काउने प्रस्तुति दिएका थिए । यसले उनीहरूको सिर्जनात्मक क्षमताको अभिव्यक्ति मात्र नभई, साहित्यप्रति उनीहरूको गहिरो चासोलाई पनि उजागर गर्न यस्ता कार्यक्रमहर गर्दै आएको समता स्कुलका प्रधानध्यापक सन्तोष श्रेष्ठले बताए । कार्यक्रम संयोजक विमल वैद्यका अनुसार, साहित्यिक उत्सवको मूल उद्देश्य भाषा, साहित्य, र कलाको संरक्षण र प्रवर्द्धन गर्नुका साथै, विद्यार्थीहरूलाई साहित्यमा रुचि जगाउने र उनीहरूको सिर्जनशीलताको विकासमा टेवा पु¥याउने लक्ष्य रहेको जानकारी दिए ।                                समता साहित्यिक उत्सवले साहित्य, कला, र शिक्षालाई एकीकृत गर्दै समाजमा सकारात्मक परिवर्तनको अभ्यासलाई निरन्तरता दिने स्पष्ट संकेत दिएको छ । 

वरिष्ठ साहित्यकार  प्रज्ञ बिवश पोख्रेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कोशी प्रदेश संसाद मिना श्रेष्ठ, कलाकार तथा मुर्तीकार विक्रम श्रि,लोक सेवा आयोग समिती सदस्य सिमा आभाष,साहित्यकार मिश्र बैजन्ती, पुर्व संसद खेम नेपाली लगायतको  सहभागीता रहेको थियो ।