इटहरी । इटहरीस्थित राष्ट्रिय माध्यमिक विद्यालयले आफ्नो ६९औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा भव्य कार्यक्रमको आयोजना गरी शिक्षा क्षेत्रका विभिन्न योगदानकर्ता व्यक्तित्वहरूलाई सम्मान गरेको छ। विद्यालयले अक्षयकोषका दाताहरू, शिक्षा क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरू, उत्कृष्ट विद्यार्थीहरू, र अभिभावकहरूलाई विशेष सम्मान गरेको हो।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोविद जंग कार्कीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाकी प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 

कार्यक्रममा इटहरी उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुदWhatsApp Image 2024-11-28 at 17.15.20 महाशाखा प्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेत, शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक, र अन्य अतिथि उपस्थित थिए।

विद्यालयले यस अवसरमा विभिन्न विद्यामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मानित गर्नुका साथै सप्ताहव्यापी खेलकुद प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई पुरस्कृत ग¥यो। उत्कृष्ट शैक्षिक नतिजा ल्याउने विद्यार्थीहरूलाई ट्रफी, प्रमाणपत्र, र नगद पुरस्कार प्रदान गरिएको थियो।

यसैगरी, विद्यालयले स्थापनाकालदेखि विभिन्न माध्यमबाट सहयोग गर्दै आएका अक्षयकोषका दाताहरूलाई पनि सम्मान गरेको छ । 

यस कोषमार्फत, विद्यालयले आर्थिक रूपमा कमजोर तर मेधावी विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ।WhatsApp Image 2024-11-28 at 16.44.46

कार्यक्रममा प्रधानाध्यापक सरनकुमार बस्नेतले विद्यालयका वार्षिक प्रगतिबारे प्रतिवेदन प्रस्तुत गरे। उनले विद्यालयका विभिन्न गतिविधिहरू, पठनपाठनको स्तर, र पूर्वाधार विकासका प्रयासहरूबारे जानकारी गराउँदै भविष्यका योजनाहरू साझा गरे।WhatsApp Image 2024-11-28 at 16.44.40

विद्यालयले कक्षा बालकक्षा देखि । विद्यालयले डिप्लोमा इन सिभिल इन्जिनियरिङ कार्यक्रमसमेत सञ्चालन गर्दै आएको उनले बताए। समापन समारोहमा विद्यार्थीहरूद्वारा प्रस्तुत विभिन्न सांस्कृतिक कार्यक्रमहरू थिए। विद्यार्थीहरूले राष्ट्रियता, शिक्षा, र समृद्धिलाई जोड दिने सन्देशमूलक प्रस्तुतीहरू प्रस्तुत गरेका थिए।