इटहरी । विज्ञान विषयको महत्वका साथै विद्यार्थीहरुको आकर्षण वढदै आएको तर्फ मध्यनजर गर्दै सुनसरीको इटहरीमा रहेको सुषमा गोदावरी कलेजले साइन्स ओलम्प्याड प्रतियोगितालाई निरन्तरता दिदै आएको छ ।
विगत चार वर्ष देखि सुनसरी र मोरगंका सामुदायिक तथा निजी विद्यालयमा अध्यनरत कक्षा १० का विद्यार्थीहरुको सहभागितामा सञ्चालन गरिदै आएको साइन्स ओलम्प्याड यस वर्ष पनि आयोजना गरिने कलेजले पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।
विद्यार्थी तथा अभिभावकहरुलाई विज्ञान विषयको महत्व , विज्ञान विषय किन पढ्नु पर्छ , विकास निर्माण कार्यका लागि विज्ञानको महत्व के छ जस्ता विषयवस्तुलाई उज्जागर गर्न यसको महत्व बढदै गएकोले सुषमा गोदावरी कलेजले साइन्स ओलम्प्याड प्रतियोगितालाई निरन्तर सञ्चालन गर्दै आएको कलेजका प्राचार्य बोधराज नेपालले जानकारी दिए ।
मंसिर २२ गते देखी सुरु हुने पाँचौ साइन्स ओलम्प्याड समितीका संयोजक श्याम घिमिरेले सुनसरी,मोरङका २ सय विद्यालयका ८ सय विद्यार्थीहरुको सहभागिता रहने छ ।
ओलम्प्याड प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय विद्यार्थीहरुलाई कमश १५ हजार ,१०हजार ५ हजार नगद पुरस्कार राखिएको छ भने दश जनालाई जनही एक एक हजारका दरले सान्तवना पुरस्कार प्रदान गरिने पनी जानकारी गराए ।
विज्ञान विषयको ओलम्प्याड अन्तराष्ट्रिय स्तरमा समेत विद्यार्थीहरु विच प्रतियोगितामा सहभागी हुने अवसर मिल्ने पनी पत्रकार सम्मेलनमा जानकारी गराइयो ।