इटहरी । इटहरी ४ मा रहेको निसाहय बालबालिका सेवा आश्रमको ३८ औँ साधरणसभा तथा १३ औं पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ ।
असोज १६ गतेको साधरणसभाले निर्विरोध राजेन्द्र श्रेष्ठको अध्यक्षतामा नँया कार्य समिती चयन गरेको थियो ।
सोही कार्य समितीलाई विहिवार आश्रमको सभा हलमा एक कार्यक्रम विच पदस्थापन गराएको हो ।
बरिष्ठ उपाध्यक्षम बलबहादुर न्यौपाने, उपाध्यक्ष महेन्द्र अग्रवाल,सचिव रवि शंखर गौतम,स सचिव लिचिन गौतम, कोषाध्यक्षमा राजेश कुमार अग्रवाल सह कोषाध्यक्षा इन्दिरा र सदस्यहरु सुमित्रा भट्टराई,सुर्यमणि निरौला,योगेन्द्र कटुवाल, गायत्री भट्टराई,मेनुका पाण्डे, प्रकाश महतो, अनिता कार्कीलाइ कार्यक्रमका प्रमुख अतिथी पुर्व भुमिसुधार मन्त्रि रामकुमार सुब्बाले सपथ ग्रहण गराएका थिए ।
आश्रमले पदस्थानप कार्यक्रममा कार्य समितीका पदाधिकारी तथा सल्लहाकारहरु लाई प्रमाण पत्र समेत वितरण गरिएको छ ।
कार्यक्रम निःसाहय बालबालिका सेवा आश्रमकी सस्थापक संचालिका गिता गौतमकोे अध्यक्षयतामा भएको कार्यक्रममा इटहरी उपमहानगर पालिकाकी उप प्रमुख संगिता कुमारी चौधरी, विश्व आदर्श कलेजका अध्यक्ष लेखनाथ घिमिरे,इटहरी १९ का वडा अध्यक्ष श्रीनारायण चौधरी,लगाएतका अतिथिहहरुको सहभगिता रहेको थियो ।