इटहरी । महिलाहरुको व्यक्तित्व तथा नेतृत्व विकासका क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउदै इटहरी लेडी जेसिजले आफनो २३औं स्थापना दिवस एक कार्यक्रमको आयोजना गरि मनाएको छ ।

  कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलको प्रमुख आतिथ्य तथा इटहरी लेडी जेसिजकी वर्ष २०२४की अध्यक्ष इन्दिरा काफ्लेको अध्यक्षतामा स्थापना दिवस मनाइएको हो ।

  स्थापना दिवसको अवसरमा विगत देखि नै सफल संघर्षशील महिलाहरुलाई सम्मान गर्दै आएको छ । यस वर्ष पनि एकल तथा संघर्षशिल महिला सरस्वती खुलाल श्रेष्ठलाई नगद सहित सम्मान गरिएको छ ।

त्यसै गरी पत्रकारिताका माध्यमबाट सामाजिक विकासका क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै नेपाल टेलिभिजन इटहरीका प्रमुख बसन्त रुपाखेती लाई नगद सहित सम्मान गरियो ।

इस वर्ष देखी स्थापना गरेको खेलाडी सम्मान बाट अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी सुशीला राई पनी नगद सहित सम्मान गरिएको हो । WhatsApp Image 2024-11-26 at 20.11.31

इटहरी लेडी जेसिजले २३ औं वार्षिकोत्सवको अवसरमा तिन जना लाई कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल र इटहरी लेडी जेसिजकी अध्यक्ष इन्दिरा काफ्लेले दोसल्ला ओढाएर नगद सहित प्रमाण पत्रले सम्मान गरेका थिए ।

इटहरी लेडिज जेसिजले मानिसको जिवनमा नेतृत्व विकास र क्षमतालाइ अगाडि बढाउछ र अनुसासित बनाउने काममा अहम भुमिका खेलेको र परिवर्तन ल्याकोछ ।  यो विभिन्न सामाजिक कार्यमा इटहरी लेडि जेसिजले महत्वपुर्ण भुमिका खेलेको छ । 

अहिले सम्म यसले गरेको कामको प्रशशा.गर्दै मन्त्रालयको तर्फबाट साथै व्यक्तीतर्फबाट के कस्तो सहयोग गर्न सकिन्छ आफुले सक्दो सहयोग गर्ने पर्यटन वन तथा वातावरण मन्त्री मण्डलले प्रतिवद्धता जनाए । WhatsApp Image 2024-11-26 at 20.11.34वार्षिक उत्सवको अवसर पारेर इटहरी लेडि जेसिजले विभिन्न विधाका व्यत्तिहरुलाइ सम्मान गर्दै आएको र  इटहरीमा रहेर महिलाहरुलाइ जो आफ्नो क्षेत्रमा अगाडि बढ्न चाहने १८ देखि ४० वर्ष सम्मका महिलालाइ आवद्ध गराराइ व्यत्तिगत सामाजिक राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा छवि बनाउन सहयोग गर्ने इटहरी लेडि जेसिजकि अध्यक्ष इन्दिरा काफ्लेले बताइन । 

त्यस्तै वार्षिकोत्सवकै अवसरमा जुनियर जेसिजलाई पनी सामाजिक कार्य गर्न सहयोग पुर्याउने उदेश्यले नगद १० हजार र इटहरी २ मा रहेको माया घर नेपाललाई फोर स्टारको म्यट्रिसहरु हस्तानतरण गरेको छ ।  

कर्यक्रममा सस्थापक अध्यक्ष तथा पुर्व अध्यक्षहरुलाई समेत सम्मान गरियो ।WhatsApp Image 2024-11-26 at 20.11.28

इटहरी क्षेत्रमा शिक्षा ,स्वास्थ्य , लगायतका सामाजिक कार्यमा समेत सक्रिय सहभागिता जनाउदै आएको इटहरी लेडी जेसिजले विभिन्न गतिविधी गर्दै आवद्ध महिलाहरु विभिन्न क्षेत्रमा नेतृत्वदायि भुमिकामा रहदै आएका छन ।

कार्यक्रममा बह्माकुमारी राजयोग सेवा केन्द्रकी संचालिका बह्माकुमारी सारदा सिटौला, स्थापक अध्यक्ष मिना भण्डारी, पुर्व अध्यक्षहरु जानुका भट्टराई , उर्मिला कटुवाल, गिता अधिकारी पौडेल , मिनु न्यौपाने,सुमित्रा भट्टराई लगायतका छिमेकी शाखाका अध्यक्ष तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।