इटहरी । लौगिंक हिसां विरुद्ध जनचेतना फैलाउने उद्धेश्य सहित सुनसरीको इटहरीमा पनि लौगिक हिसां विरुद्धको १६ दिने अभियान सुरु भएको छ ।
इटहरी उपमहानगरपालिको आयोजनामा विभिन्न संघसंस्थाहरुको सहभागितामा प्रभातफेरी सहित म लौगिंक हिसां गर्दिन भन्ने प्रतिवद्धतामा हस्ताक्षर सहित लौगिंक हिसां विरुद्धको १६ दिवसिय अभियान सुरु गरिएको हो।
महिला हिंसा विरुद्धको दिवस समेतका अवसर पारेर आयोजना गरिएको प्रभातफेरी इटहरी उपमहानगरपालिकाबाट निकाली इटहरीका मुख्य चौक क्षेत्रमा परिक्रमा गरी पुन उपमहानगरपालिकामा पुगेर कोणसभा गरियो ।
कोणसभाका वक्ताहरुले लौगिंक हिसां अन्तका लागि सवैले आआफनो क्षेत्रबाट भुमिका खेल्नु पर्नेमा जोड दिए ।
प्रभातफेरीमा सहभागी विद्यार्थी मनिका तामागंले लौगिंक हिसां अन्तका लागि विद्यार्थीहरुको समेत महत्वपुण भुमिका हुने हुँदा विद्यार्थीहरुले समेत लौगिंक हिसां विरुद्ध आवाज उठाउनु पर्नेमा जोड दिइन ।
विगत देखि नै इटहरी उपमहानगरपालिकाले विभिन्न संघसस्थाहरुको सहभागितामा लौगिक हिसां विरुद्धको १६ दिने अभियान सञ्चालन गर्दै आएकोमा शुभाराम्भमा प्रभातफेरी र हस्ताक्षर अभियानबाट गरिएको माइती नेपाल इटहरीकी कार्यक्रम संयोजक सुनिता कार्कीले वताइन ।
उनले माइती नेपाल लगायतका विभिन्न संघ सस्थाहरुले समेत १६दिने अभियानका अवसरमा विभिन्न खाले कार्यक्रमहरु आयोजना गर्ने समेत जानकारी गराईन ।
विश्व व्यापी रुपमा मनाइने लौगिंक हिसां विरुद्धको १६ दिवसिय कार्यक्रम अन्तरगत इटहरी उपमहानगरपालिकाले पनि विगत देखिनै मनाउदै आएको उपमहानगरपालिकाकी सामाजिक विकास महाशाखा प्रमुख संगिता पोखरेलले वताइन ।
उनले आजबाट सुरु भएको १६ दिवसिय अभियान अन्तरगतको विभिन्न कार्यक्रमहरु समेत १६ दिन सम्म नै संचालन गरिने समेत पोखरेलले जानकारी दिइन ।
इटहरी उपमहानगरपालिका लगायतका पुर्वी नेपालमा सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले लौगिंक हिसां विरुद्धको १६ दिवसिय अभियान विगत देखि नै मनाउदै आएका छन ।




















