इटहरी । शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा नाम कमाएको पुर्वी नेपालको इटहरीमा रहेको विश्व आर्दश एकेडेमीले विगत झै यस वर्ष पनि विज्ञान दिवस मनाएको छ ।

  विगतका वर्ष झै यस वर्ष पनि विद्यार्थीहरुले वनाएका विज्ञानका सामाग्रीहरुको प्रर्दशन गर्नै विश्व आर्दश एकेडेमीले विज्ञान दिवस मनाएको हो ।

   पठनपाठनका साथै अतिरिक्त क्रियाकलापका कारण समेत विद्यार्थीहरुलाई दक्ष वनाउने विभिन्न गतिविधिहरु संचालन गर्दै आएको विश्व आर्दश एकेडेमीले कक्षा १ देखिका कक्षा ९ सम्मका विद्यार्थीहरुले वनाएका विज्ञानका सामाग्रीहरु प्रर्दशनीमा राखेको थियो ।

९ सय जना विद्यार्थीहरुको सहभागितामा वनाइएका विज्ञानका विभिन्न सामाग्रीहरुको १सय २७वटा स्टलहरु राखिएका थिए ।

विद्यार्थीहरुले वनाएका विज्ञानका सामाग्रीहरु अवलोकन गर्दै अभिभावकहरु हर्सित भएका देखिन्थे ।WhatsApp Image 2024-11-25 at 17.05.59

विश्व आर्दशले विद्यार्थीहरुको सहभागितामा खेलकुदका माध्यमबाट विज्ञानलाई प्रोत्साहन गर्न विगत देखि नै विज्ञान दिवस मनाउन थालेको एकेडेमीका संयोजक सुरज लिम्बुले जानकारी दिए ।

विगतमा पनि विश्व आर्दशले विद्यार्थीहरुले वनाएका विज्ञान साथै अन्य विषयका सामाग्रीहरु सहभागी गराएर अभिभावकहरुको उपस्थितीमा प्रर्दशन गराउदै आएको छ ।