इटहरी । चिसो बढ्न थालेपनि डेगुंको संक्रमण कायम रहिरहेको तर्फ मध्यनजर गर्दै बुल्स ऐलेभेन क्लब इटहरीले इटहरीमा रहेको जनता माध्यमिक विद्यालयमा सरसरफाई सहित स्प्रे गरेको छ ।

  इटहरी उपमहानगरपालिका वडा नम्बर ६ र ९मा रहेको जनता माध्यमिक विद्यालयमा बुल्स ऐलेभेनका अभियानकर्ताहरुले सरसफाई सहित डेगुं फैलाउने लामखुट्टे नियन्त्रणका लागि विषादी स्प्रे गरेको हो ।

    डेगुं संक्रमण कायम रहेको समयमा विद्यालयको तर्फबाट आफुहरु स्प्रे गरिदिन आग्रह भएपछि विद्यालयको कोठाहरु साथै आसपासका क्षेत्रहरुमा सरसफाई सहित स्प्रे गरिदिएको बुल्स ऐलेभेन क्लबका उपाध्यक्ष रामु राईले जानकारी दिए ।

बुल्स  ऐलेभेनले क्लब इटहरी क्षेत्रमा सरसफाई ,वृक्षारोपण, डेगुं तथा  कोरोना नफैलियोस भनेर स्प्रे गर्ने लगायतका सामाजिक कार्यहरु गर्दै आएको छ ।