इटहरी । शारीरिक स्वास्थ्यका लागि व्यायाम महत्वपूर्ण हुनेतर्फ मध्यनजर गर्दै सुनसरीको इटहरीमा दुइ करोड बढीको लगानीमा पिनाकल फिटनेस सञ्चालन आएको छ ।

युवा व्यवसायी राम कुमार गिरि र विनोद रायद्धारा इटहरी ६ को संगीतचौकमा पिनाकल फिटनेस सञ्चालनमा ल्याइएको हो । उद्घाटनको १ महिनासम्म सो फिटनेसमा एडमिसन शुल्क नलाग्ने सञ्चालक राम कुमार गिरिले जानकारी दिएका छन् ।

उनले निम्न आए भएका फिटनेसप्रेमि मानिसहरुलाइ पालिका वा सम्बन्धित वडाले सिफारिस गरेको खण्डमा ५० प्रतिसतसम्म छुट प्रदान गर्ने  बताएका छन् ।WhatsApp Image 2024-11-18 at 18.38.17

इटहरी उपमहानगरपालिकाका प्रवक्ता एवं इटहरी वडा नं ६ का वडाअध्यक्ष दिवस पोखरेलको प्रमुख आतिथ्यत साथै सञ्चालक राम कुमार गिरिको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।WhatsApp Image 2024-11-18 at 18.38.21

कार्यक्रममा नेपालको शारिरीक सुगठन खेलको पहिलो अन्तराष्ट्रिय पदक विजेता महेश मर्हजन , नेपाली कागे्रसका कोशी युवा तथा खेलकुद विभाग प्रमुख सुर्य राइ , जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ अध्यक्ष तेज बहादुर पुरी , बसपार्क व्यवस्थापन समिति अध्यक्ष काजी राइ लगाएतका मानिसहरुको उपस्थिति रहेको थियो ।